कास्की नेत्रहीन संघले आफ्नो १६ औं स्थापना दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाइरहेको छ ।
स्थापना दिवसका अवसरमा संघले सेतो छडी सहितको हिँडडुल प्रतियोगिता, सिबिआर कार्यक्रम अन्तर्गत गिरीराज कुखुराका चल्ला, दाना र भिटामिन वितरण, प्रविधिमा आधारित अनलाइन व्यवसाय र शेयर बजार सम्बन्धी ४ दिने तालिम र सेतोछडी वितरण कार्यक्रम राखेको अध्यक्ष श्रीकान्त सापकोटाले जानकारी दिए ।
पूर्व मन्त्री एवं संघीय सांसद खगराज अधिकारीले कास्की नेत्रहीन संघको कार्यालयमा कार्यक्रमको शुभारम्भ गरेका छन् । नेता अधिकारीले भाग्यविधाताले ठग्यो भनेर दुःख मानेर नबस्न सुझाउँदै फरक क्षमताका कारण समाजमा सबलाङ्ग झैं बाँच्न सकिने बताए ।
‘आत्मविश्वासका साथ अघि बढ्नुहोस् । मसँग आँखा छैन, मैले कान सुन्दिनँ भनेर चिन्ता गर्न थालेर समय बर्बाद गर्नुभन्दा मसँग आँखा नभएपनि सबै सक्छु भनेर अघि बढ्नुपर्छ’ नेता अधिकारीको भनाई थियो – ‘तपाईंहरुले जति दुःख, समस्या झेल्नुभयो, अब नयाँ पुस्ताले यस्ता दुःख, समस्या झेल्नुपर्दैन । तपाईंहरु पनि अब सक्षम बन्नुभएको छ ।’
कास्की नेत्रहीन संघले दृष्टिविहीन तथा न्यून दृष्टि भएकालाई स्वरोजगार सिर्जना गर्ने हेतुले कुखुरापालन, अनलाइन व्यापार, शेयरबजार सम्बन्धी तालिम तथा आवश्यक सहयोग गरेकोमा खुशी व्यक्त गरे । अपांगतामैत्री संरचना निर्माणका लागि आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने अधिकारीले उल्लेख गरे ।

सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’