पोखराबाट तीर्थ यात्रा निस्केका पोखरेलीहरु सम्भावित ठूलो दुर्घटनाबाट जोगिएका छन् । उनीहरुले रिजर्भ गरेको ग१ख ६८० नम्बरको बस अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ भलायडाँडाको ओरालोमा शुक्रबार पूर्वान्ह ११ बजेको समयमा ब्रेक फेल भएको हो ।
पोखरा साना किसान कृषि सहकारी संस्था बेगनासका सेयर सदस्यहरू २३ जना बस चालकले सही समयमा सही निर्णय गर्दा जोगिए । यद्यपी, गाडीमा सवार अधिकांश सामान्य घाइते भएका छन् । गम्भीर घाइते भएका दुईजनाको बुटवल रिफर गरिएको अर्घाखाँची अस्पतालले जानकारी दिएको छ । यद्यपि घाइतेहरूको अवस्था खतरामुक्त रहेको बताइन्छ ।
गत चैत २३ गते पोखराबाट प्रस्थान गरेका उनीहरु हिजो प्युठानमा रहेको ऐतिहासिक स्वर्गद्वारी मन्दिर दर्शन गरी आज शुक्रबार सुपा देउराली मन्दिर, सन्धिखर्कतर्फ जाँदै थिए । आजको रात त्यहीँ बिताएर भोलि पोखरा फर्कने योजनामा थिए ।
सन्धिखर्क पुग्न एक किमी पनि बाँकी नरहँदै ओरालोमा गुडिरहेको बसको ब्रेकले एक्कासी काम नगरेको यात्रुले बताएका छन् । बस चालक सुरेश सुनार हुन्। अगाडि सहज वा तेस्रो बाटो आउने आशमा दुई घुम्ती कटाएका चालक सुनारले झन् ठूलो ओरालो देखेपछि सबैलाई पछाडि सर्न आग्रह गरी भित्तामा बस ठोक्याएका थिए । बसको ईञ्जिन लगायत अगाडि भागमा पूर्ण क्षति पुगेको छ ।
चालकले बडो कुशलताका साथ आफूहरूलाई बचाएको सहकारीका सेयर सदस्यहरुले बताएका छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह