काठमाडौँ । रुसको कृष्णसागरमा विष्फोटपछि क्षतीग्रस्त भएको एक शक्तिशाली युद्धपोत (लडाकू पानीजहाज) डुबेको छ ।
रुसी रक्षा मन्त्रालयका अनुसार क्षतीग्रस्त मोस्कभा नामको युद्धपोत डोरीको सहायताले तानेर तटमा ल्याएपछि डुबेको हो । ५ सय १० नौसैनिकसहितको उक्त युद्धपोतमा विष्फोट र आगलागी भएपछि युद्धपोत खाली गरिएको थियो । युद्धपोतमा जडान गरिएका केही आधुनिक हतियार भने झिक्न नभ्याईएको बुझिएको छ ।
सोभियत कालमा बनेको यो युद्धपोत कृष्णसागरमा तैनाथ रुसी जलसेनाको सबै भन्दा ठूलो हतियार थियो । रुसले युद्धपोतमा प्राविधिक समस्याले विष्फोट र आगलागी भएको जनाइएको छ ।
तर युक्रेनले भने आफ्ना सेनाले प्रहार गरेका दुईवटा मिसाइलले युद्धपोतमा क्षती पुर्याएको दावी गरिरहेको छ ।
१२ हजार टन तौलको उक्त युद्धपोत दुश्मनको कारबाहीमा डुब्ने द्वितीय विश्वयुद्ध यताकै सबभन्दा ठूलो हो।
मस्कभा क्रुजर तत्कालीन सोभियत सङ्घ रहेको बेला सन् १९८० को दशकको सुरुमा बनेको हो।
युक्रेनको दक्षिणी शहर मेकलोएभमा निर्माण गरिएको उक्त सैनिक पानीजहाज हालैका दिनमा गोलाबारीका निम्ति रुसी फौजहरूले प्रयोग गर्दै आएका थिए।
एक सय ८६ मिटर लामो पानीजहाज सोभियत नौसेनाको ११६४ एट्लान्ट वर्गको प्रमुख पानीजहाज थियो।
सम्बन्धित खबर
कोलम्बियामा सैन्य विमान दुर्घटनामा ६६ जनाको मृत्यु, चार सैनिक बेपत्ता
इरानसँग वार्तामा जुट्यो अमेरिका, ट्रम्पले भने- ‘ठूला आक्रमण गर्दैनौँ, युद्ध अन्त्यको प्रयास हुँदैछ’
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
बंगलादेशको सत्ता छाड्दा युनुसले नेपाल र सेभेन सिस्टर्सको प्रसंग उठाएपछि भारतमा तरङ्ग
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’