शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा प्रहरीले एक अनलाइन पत्रिकाका सञ्चालकलाई पक्राउ गरेको छ। ‘हलेसीपाटी डट कम’ नामक अनलाइन पोर्टल सञ्चालनको स्वीकृति लिएका हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानका ३६ वर्षीय मनोज गिरीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङमा परेको उजुरीका आधारमा सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसिरहेको अवस्थामा उनलाई काठमाडौँ महानगरपालिका–३२, पेप्सीकोलाबाट पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले पक्राउ परेका गिरीमाथि जिल्ला अदालत खोटाङबाट पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए।
गिरीले ब्रिलियन्ट मल्टिपल क्याम्पस, सिफल, काठमाडौँबाट व्यवस्थापन संकायमा स्नातक तहसम्मको अध्ययन गरेको भनी सूचना तथा प्रसारण विभागमा अर्काको कागजात कीर्ते गरी पेश गरेको खुलेको थियो।
उक्त क्याम्पसबाट कुभेशचन्द्र गिरीले लिएको शैक्षिक योग्यताको प्रमाणपत्र र मनोज गिरीले विभागमा पेश गरेको प्रमाणपत्रमा सबै कुरा समान पाइएको प्रहरीले जनाएकाे छ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’