पोखरा । कास्की जिल्ला फुटवल संघको ७ औं अधिवेसनले उज्वल रञ्जितको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । बुधबार पोखरामा सम्पन्न भएको उक्त अधिवेसनले आगामी ४ बर्षको लागि रञ्जितको अध्यक्षमा १५ सदस्य समिति निर्वाचित गरेको हो ।
दोश्रो चरणमा भएको मतदानबाट रञ्जितले १४ मत र उनका निकटतम प्रतिद्धन्दी विनोद गुरुङले ७ मत प्राप्त गरेका थिए भने एक भोट नो भोट (खाली) भएको थियो ।
यसैगरी उपाध्यक्षमा जगत बहादुर थापा, नर प्रसाद गुरुङ र सुरेन गुरुङ सर्वसम्वत चयन भएका हुन्। नव निर्वाचित समितिको पहिलो बैठकले एन्फा कास्कीको उपाध्यक्षमा दुई जनालाई मनोनित गरेको छ । मनोनित पर्नेहरुमा खेमराज बराल (पुष्प) र बिष्णु कुमार गुरुङ रहेका छन्। त्ससै गरी कोषाध्यक्षमा हितमान गुरुङलाई मनोनित गरेको हो ।
त्यसै गरी एक महिला सहित ११ सदस्य सर्वसम्वत रुपमा चयन भएको छ । सदस्यहरुमा शोभा बानिया(महिला), सुनिल गायक, राजेस त्रिपाठी, सन्तोष कार्की, विकास गुरुङ, योगेश गुरुङ, हितमान गुरुङ, विकास गुरुङ, सुविन श्रेष्ठ, ओम गुरुङ, टंक प्रसाद गुरुङ रहेका छन्। उनीहरुलाई अधिवक्ता बरालले सपथग्रहण गराएका थिए । पहिलो चरणको निर्वाचनमा अध्यक्ष रन्जितले ९, विनोद गुरुङले ७ र नविन पुनले ५ मत ल्याएका थिए भने एक मत नो भोट(खाली) भएको थियो । एन्फा कास्कीमा २२ मत रहेको थियो ।
निर्वाचन कमिटिका संयोजकमा अधिवक्ता केशवराज बराल रहनु भएको थियो भने अन्य सदस्यमा अधिवक्ता बाबुराम अर्याल, प्रमिता पराजुली, नेपाल खेलकुद पत्रकार मंच गण्डकीका अध्यक्ष दीननाथ बराल रहेका थिए ।
यस अघि उक्त कार्यक्रमको उद्घाटन गर्दै एन्फा कास्कीका संस्थापक अध्यक्ष महेश गुरुङले मिलन गुरुङको नेतृत्वले केही राम्रो काम गरेकोले आगामी दिनमा थप प्रभावकारी कार्यक्रम गर्नुपर्ने बताए । पोखरामा फुटवलको धेरै सम्भावना भए पनि पछिल्लो समयमा केही सुस्ताएको उहाँले गुनासो समेत गरे ।
एन्फा कास्कीका पूर्व अध्यक्ष खेम बहादुर गुरुङले पोखरामा कम्तिमा पनि एक करोड मुल्य बराबरको फुटवल प्रतियोगिता संचालन गर्नुपर्ने बताए । हालसम्म करिब ३२ जिल्लामा एन्फाको अधिवेशन सम्पन्न भएको एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापाले बताए ।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले पोखराको फुटवल मैदान आर्टिफिसियल बनाउन केहीले कमिसनको कुरा समेत गरेको खुलसा गरे । आफ्नै जोडबलमा मैदानमा दुवो रोपिएको उनको भनाई थियो । कार्यक्रममा महासचिव रमेश कार्की, प्रितम गुरुङ लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष