धादिङमा बस र कार ठोक्किँदा चार भारतीय र एक नेपाली गरी पाँच जनाको मृत्यु भएको छ। आइतबार दिउँसो २ बजे थाक्रे गाउँपालिका ७ जुङखोला स्थित पृथ्वी लोकमार्गमा बस र कार आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।
काठमाडौंबाट धादिङबेशी जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बस र चितवनबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१-०२५ भ २९६८ नम्बरको कार आपसमा ठोक्किएका हुन्।
दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएको थियो। उपचारका क्रममा कारका चालक तनहुँ खैरेनीका ३५ वर्षीय दिलबहादुर बस्नेतको मृत्यु भएको हो। सवा ४ बजे टिचिङ अस्पतालमा उनको मृत्यु भएको कार्यालयले जनाएको छ।
त्यस्तै कारमा सवार भारत उत्तरप्रदेशका अन्दाजी ४५ वर्षीय विमलचन्द्र अग्रवाल, अन्दाजी ३५ वर्षीया साधना अग्रवाल, अन्दाजी ४० वर्षीया सन्ध्या अग्रवाल र अन्दाजी ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरूमध्ये विमलचन्द्रको वीर अस्पताल र अरूको ट्रमा सेन्टरमा मृत्यु भएको हो। यस्तै बसमा सवार धादिङ निलकण्ठ नगरपालिका-११ बस्ने २४ वर्षीय राम परियारको अनुहारमा चोट लागेको छ। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
धादिङमा हत्या आरोपमा तीन जना पक्राउ
धादिङको तिप्लिङमा सशस्त्र प्रहरी बलको नयाँ विओपी स्थापना
कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धादिङको आदर्श बहुमुखी क्याम्पसमा क्रान्तिकारीले आफै स्ववियु गठन गरेर चकित पार्यो
धादिङमा होली खेल्न भनी गएका २ किशोरी बेपत्ता
धादिङमा मन्दिरमा पानी लिएर गएको ट्याङ्कर दुर्घटना, २ जनाको मृत्यु
यो पनि पढौँ
श्रीमति मारेर जेल परी निस्किएका धादिङका बाबुकाजीले ८८ वर्षीय ठूलोबुवा पनि मारे
स्याङ्जामा सवारीसाधन चालकलाई लापसे चेकजाँच सुरु
तनहुँको शेरामा ईभी हाइस दुर्घटना
कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प