गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा। नेकपा एमाले वडा नं -१५ ले आजदेखि घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमको थालनी गरेको छ।
पाँचै जना उम्मेद्वारसहित कार्यकर्ताको टोलीले आज फूलबारी होटलको दोस्रो गेटदेखि घरदैलो तथा भेटघाट कार्यक्रमको थालनी गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं -१५ का वडा अध्यक्ष पदका प्रस्तावित उम्मेद्वार तोरण बहादुर बानियाँले आसन्न निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी नेकपा एमालेलाई जिताउन घरदैलो कार्यक्रमको थालनी गरिएको बताए। सामाजिक अभियन्ता समेत रहेका बानियाँले हिजो गरिएका सामाजिक कामको प्रेरणाले आफूहरुलाई वडा वासीले बहुमतले जिताउने विश्वास गरे। नेकपा एमाले पार्टी मात्र नभई परिवार भएकाले वडा नं -१५ लाई राम्रो वडा, हाम्रो वडा र सुखी सम्वृद्ध वडा बनाउने उद्देश्यका साथ अगाडि बढेकाले यो उद्देश्यलाई पूरा गर्न आफुहरुले चाहेर मात्र सम्भव नहुने भएकाले वडा वासीको साथ सहयोग र समर्थनको खाँचो रहेको औंल्याए। उनले सूर्य चिन्हमा मतदान गरी आफूहरु पाँचै जनालाई निर्वाचित गराउन स्थानीयसँग आग्रह गरे।
कार्यक्रममा खुल्ला सदस्य पदका उम्मेद्वार आशिष भण्डारीले विकास र परिवर्तनका लागि युवाहरुको नेतृत्व गर्दै आफू समग्र वडा नं -१५ को तल्लो क्षेत्रको प्रतिनिधित्व गर्दै अगाडि सरेको बताए। उनले हिजोका दिनमा छुटेका विकासका कामहरुलाई अगाडि बढाउन अब आउने पाँच वर्षमा तल्लो क्षेत्रलाई समेटेर लैजाने सक्ने युवा र आफ्नो भाई, छोरा भएको नाताले आफूलाई विश्वास गरी अत्याधिक मतले निर्वाचित गराउन आग्रह गरे। उनले अबको पाँच वर्षमा समग्र १५ नंवर वडा र विशेष गरी तल्लो क्षेत्रसँग मन जोड्नका लागि पुलको रुपमा आएको स्पष्ट पारे। उनले आफ्नो वडा वासिको दु:ख पीडालाई बुझेर सबैको भावनालाई समेटेर अगाडि बढ्ने पनि प्रतिवद्धता व्यक्त गरे।
यस्तै, दलित महिला सदस्य पदकी उम्मेद्वार मन्दिरा परियारले वडाका महिला तथा दलित महिलाको गुनासो सुन्न र समस्याको समाधान गर्न पुनः आफूले उम्मेद्वारी दिएको बताइन्। यसअघि पनि वडा वासीको बहुमतले बिजयी भएको स्मरण गर्दै परियारले महिला उत्थान र महिला स्वरोजगारका कार्यक्रमहरु ल्याउने भन्दै आफुहरुलाई निर्वाचित गर्न आग्रह गरिन् ।
यस्तै, खुल्ला सदस्यकै उम्मेद्वार वलराम पौडेलले विकास निर्माणमा जनजनको मन जोडिनुपर्ने भन्दै सबैको मन जोडिए मात्रै फूल्न र फल्न सक्ने बताए । उनले वडामा सबै आफ्ना छिमेकी भएकाले हिजो पनि सँगै रहेको र अबपनि हर समस्यामा सँगै रहने र वडा वासीलाई साथ दिने बताए। उनले आफ्नो वडामा सबैको नहरको फोहोर थुप्रिने डम्पिङ बनेको भन्दै त्यसको व्यस्थापन र सिंचाईलाई व्यवस्थित गर्ने प्रतिवद्धता व्यक्त गरे।
महिला सदस्य उम्मेद्वार सेतीमाया गुरुङले आफ्नो परिचय दिँदै आफू भूमिहिन संगठनको केन्द्रिय सदस्य भएकाले वडाका भूमिहीन दिदीबहिनी तथा वस्तिका लागि केहि सहयोग गर्न सक्छु कि भनेर आफू अगाडि सरेको बताइन्। उनले पार्टीले आफूलाई दिएको जिम्मेवारी सफलता पूर्वक निर्वाह गर्ने बताइन्।
यस्तै, कार्यक्रम संयोजक विष्णु गिरिले शुभकामना व्यक्त गर्दै फूलबारी क्षेत्र पहिले पिछडिएको ठाउँ भएपनि नेकपा एमालेले यहाँ धेरै विकासका काम गरेको दाबी गरिन्। उनले शुरुआती दिनमा फूलबारी आमा समुहमा आफू मात्र एक्लै एमाले भएर चिनिएकोमा अहिले समुहका सबै दिदीबहिनी एकजुट हुँदा खुशी लागेको बताइन्। उनले घरदैलो कार्यक्रमलाई सफलताको शुभकामना दिँदै निर्वाचित भएपछि यही ठाउँबाट विकासका कार्य अगाडि बढाउन सुझाव दिइन्।
कार्यक्रम संचालिका पार्वती कार्कीले यस अगाडि रातो रङको सूर्यमा मतदान गरिँदै आइएकोमा आसन्न निर्वाचनमा हरियो रङको सूर्यमा मतदान गर्न आग्रह गर्दै मतदाता शिक्षाको लागि आफूहरु घर घरमा जाने बताइन्।
भिडियो
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो