पोखरा । नेकपा (एमाले) पोखरा वडा नं. ५ ले बैशाख ३० गते स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गर्दै आज (आइतबार)देखि घरदैलो शुरु गरेको छ । चुनावी सचेतना, उम्मेदवार परिचयसहित एमाले पोखरा ५ ले आज जिरो किमीदेखि घरदैलो शुरु गरेको हो ।
यस वडामा एमालेको तर्फबाट वडाध्यक्षमा विष्णुप्रसाद बराल, महिला सदस्य कल्पना भुवाजी क्षेत्री, दलित महिला सदस्य हरिमाया बिक, खुल्ला सदस्यतर्फ गोविन्दप्रसाद बराल र मणिराम बरालले उम्मेदवार दिएका छन् ।
भोली (सोमबार) एमालेको तर्फबाट पोखराको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका कृष्ण थापा तथा मञ्जुदेवी गुरुङसहित घरदैलो गरिने वडा ५ एमाले चुनाव प्रचार प्रसार समितिका संयोजक लक्ष्मण बरालले जानकारी दिए ।
यस अघिको स्थानीय तहको निर्वाचनमा वडा नं. ५ मा एमालेबाट उम्मेदवार बनेका वडा अध्यक्षसहित ४ सदस्यलाई नै वडावासीले निर्वाचित गरेका थिए । जसमा एमालेका धनबहादुर नेपाली वडाध्यक्षमा विजयी भएका थिए । नेपालीले १७ सय ६८ मत ल्याउँदा काङ्ग्रेसले १२ सय ४६ मत र माओवादी केन्द्रले १ सय ६ मत प्राप्त गरेको थियो ।
यसअघिको निर्वाचनमा वडामा ४ हजार ३ सय ८ जना मतदाता थिएभने अहिले ५ हजार ८८ जना मतदाता रहेका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर