पोखराका युवाले यहाँका मेयर तथा बडा अध्यक्षका उमेदवारहरुलाई एउटै मञ्चमा ल्याएर आफ्नो उम्मेदवारीको औचित्य झल्काउने “मेरो उम्मेदवारी, योजना तथा प्रतिबद्धता” प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
हाम्रो कास्कीकोट युवा सञ्जालले आयोजना गरेको उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर पदमा उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कृष्णवहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का धनराज आचार्य, अटेरी स्वतन्त्रका खडक राज पौडेल (गनेस पौडेल), राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खराल, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका भोजराज त्रिपाठी र मौलिक जरोकिलो पार्टीका संजय तिमिल्सिनाले आफ्नो प्रस्तुती दिएका थिए । त्यसै गरी पोखरा महानगरपालिका वडा नं. २४ का अध्यक्ष पदमा उम्मेदवारी दिएका नेपाली काँग्रेस गठबन्धनका भरतवहादुर अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रामचन्द्र थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका नविन बस्ताकोटीले प्रस्तुती दिएका थिए ।
कुनै पनि राजनैतिक दलको प्रभाव भन्दा वाहिर रहेर स्वतन्त्र रुपमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको पोखरा महानगरपालिका वडा नं. २४ मा स्थापित युवाहरुको संस्था हाम्रो कास्कीकोट युवा सञ्जालले आगामी स्थानीय निर्वाचनलाई लक्षीत गरेर आफ्नो निकायको स्थानीय निर्वाचनमा स्वच्छ प्रतिष्पर्धाका माध्यमवाट सवैभन्दा असल, सक्षम र जिम्मेवार उम्मेदवारको पहिचान गरि निर्वाचित बनाउन आम मतदातालाई सघाउ पु¥याउने यस कार्यक्रमले सघाउ पुग्ने संस्थाले दावी गरेको छ ।
संस्थागत पत्र तथा प्रस्तावना सहित उम्मेदवारलाई कार्यक्रमको स्पष्ट ढाँचा तथा नियमहरुको वारेमा हप्ता दिन अगाडि देखि जानकारी गराएको संस्थाले सामाजिक सञ्जाल मार्फत निरन्तर सूचना प्रवाह गरिरहेका थियो । साथै, केहि दिन अगाडि पोखरामा पत्रकार सम्मेलन गरेर समेत जानकारी गराएको थियो । कार्यक्रममा मन्तव्य राख्दै वडा नंं २४ का वडाध्यक्षले सञ्जालले आयोजना गर्ने कार्यक्रमहरु समाजमा बेग्लै छाप छोड्ने खालका हुने बताए ।
गौरव त्रिपाठीको संयोजन तथा सञ्जालका संयोजक शालिकराम गिरीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको सुरुवात सञ्जालका सचिव अर्जुनवहादुर अधिकारीले गरेका थिए भने उम्मेदवारको प्रस्तुतीकरण कार्यक्रम बरिष्ठ पत्रकार केशवशरण लामिछानेले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’