पोखरा। “यो बाटो जसले पक्की बनाइदिन्छ, बाटो बनाउने विश्वासिलो आधार जसले देखाउँछ हाम्रो भोट उसैलाई जान्छ ।” गलेश्वर मार्ग निवासी मिदिना गुरुङले घरदैलो कार्यक्रमका लागि पुगेका उम्मेदवारलाई घरको गेटबाट निस्किदै भनिन् । उनले घर अगाडिको बाटो ढलानका लागि पटक-पटक सम्बन्धित निकायमा ताकेता गर्दा सुनुवाई नभएको गुनासो गरिन् ।
सोही मार्गकै देवी तिमिल्सिनाले बाटो बनाउन र सरकारी खानेपानीको पाईप विस्तार गर्न उम्मेदवारलाई सुझाए । तिमिल्सिनाको भनाई लाई समर्थन गर्दै छिमेकी डम्बर बहादुर थापाले पनि सहमती जनाए । अर्का छिमेकी सुमित्रा थापाले उम्मेदवारलाई टिका लगाइदिंदै जितको शुभकामना दिइन् र राम्रो काम गरेर नाम राख्नु भनेर पाँचै जनालाई आशिर्वाद दिइन् ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमाले पोखरा -१५ ले घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ । वडावासीसँग भेटघाटका साथै समस्या सुन्न निस्किएको उम्मेदवारको टोलीलाई घरदैलोकै क्रममा गलेश्वरका स्थानीयले मन फुकाएर समस्याहरु राखे, भलाकुसारी गरे र आशिर्वाद दिएर पठाए।
वडा नं -१५ का खुल्ला वडा सदस्य पदका उम्मेदवार हुन् गलेश्वर निवासी युवा उम्मेदवार आशिष भण्डारी। गलेश्वरस्थित पार्क बनाउन, बास्केटबल ग्राउण्ड बनाउन र उक्त क्षेत्रका हरेक विकासका गतिविधि र कार्यक्रमको आयोजना उनकै अगुवाईमा हुँदै आएको छ। स्थानीयले उनलाई यसअघि नै युवा समाजसेवीका रुपमा चिन्दै आएका छन्। झन् वडा सदस्यका लागि मनोनयनमा परेपछि उनीसंग स्थानीयले धेरै आश गरेका छन्।

आजको घरदैलोमा त्यसकारणपनि गुनासो र समस्याहरु धेरै आएका थिए। जनताको घर-घरमा समस्या सुन्न र भोट माग्न भण्डारी अन्य उम्मेदवारसँगै थिए। भण्डारीले सबैलाई आफूसहित पाँचै जनालाई भोट दिएर निर्वाचित गराए आफ्नो क्षेत्रका जनताले महसुस गर्ने गरी छिट्टै विकासको लहर ल्याउने प्रतिवद्वता व्यक्त गरे।
यस्तै वडा अध्यक्ष पदका उम्मेदवार तोरण बहादुर बानियाँले गलेश्वर क्षेत्रको भित्रि मार्गको प्लानिङ आफूले गरेको भन्दै निर्वाचित भएको खण्डमा गलेश्वरवासीको समस्याको समाधान गर्न यथासक्य पहल गर्ने बताए। बानियाँले सबै मतदातासँग आफ्नो क्षेत्रको विकास गर्नकै लागि राजनीतिमा होमिएको बताए। उनले आफू लगायत आफ्नो टिमलाई जिताउन मतदातासँग आग्रह गर्दै भने -“हामीलाई जिताउनुस् , गाली गर्ने ठाउँ पाउनुहुन्न।”

घरदैलोका लागि निस्किएको उम्मेदवारसहितको टोली गलेश्वरस्थित गणेश मन्दिर भित्र पसी सामुहिक फोटो खिचाउँदै भने – ‘जितेपछि फेरी यही मन्दिरमा आएर आशिर्वाद लिएर जनताको सेवामा लाग्छौं।”
सम्बन्धित खबर
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’