पोखरा । कास्कीको मादी गाउँपालिकाकी एकजना बहालवाला जनप्रतिनिधि नेकपा एमाले प्रवेश गरेकी छन् ।
नेपाली काँग्रेसबाट निर्वाचित मादी ११ कि दलित महिला सदस्य दुर्गा सुचिकार मंगलबार नेकपा एमाले प्रवेश गरेकी हुन् । कांग्रेस र माओवादी त्यागेर सदस्य सुचिकारको नेतृत्वमा मादीका २५ जना स्थानीय पनि मंगलबार एमाले प्रवेश गरेका छन् ।
उनीहरुलाई नेकपा एमालेबाट मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङलगायतले एमालेमा स्वागत गरेका थिए ।
सुचिकार २०७४ सालको निर्वाचनमा २ सय ३१ मत ल्याएर दलित महिला सदस्य निर्वाचित भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी हरिदेवी विकले २ सय ९ मत र नेकपा एमालेकी निरा कामीले २ सय ७ मत ल्याएकी थिइन् ।
माओवादी केन्द्र उपाध्यक्ष एमाले प्रवेश
मादी गाउँपालिका नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष रुद्र रानाभाट पनि नेकपा (एमाले) मा प्रवेश गरे । मादी १० भाचोकमा मंगलबार आयोजित कार्यक्रममा मादी ३ निवासी रानाभाट एमालेमा प्रवेश गरेको एमाले मादी सचिव सुवास सापकोटाले जानकारी दिए ।

उपाध्यक्ष रुद्रसँगै माओवादी मादी गाउँपालिका कमिटी सदस्य सोमबहादुर रानाभाट पनि एमाले प्रवेश गरेका छन्। माओवादीकै मादी वडा १० कमिटी अध्यक्ष रामराज पौडेलले पनि एमाले रोजेका छन्। त्यस्तै कांग्रेस मादी १० का इकाइ सहसचिव कृष्णबहादुर खत्री, कांग्रेसकै निमप्रसाद परियार, अमृत भुजेल, रोशन नेपाली र विशाल नेपाली पनि एमाले प्रवेश गरेका छन्। नवप्रवेशीलाई एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारी, मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङलगायत पालिकाका एमाले नेताले स्वागत गरेका थिए।
एमाले प्रवेश गरेपछि बोल्दै उपाध्यक्ष रानाभाटले कास्कीमा अब माओवादी केन्द्रको भविष्य नरहेको बताए। ‘देशमा भन्दिनँ, कास्की र मादी गाउँपालिकामा अब माओवादी केन्द्रको भविष्य छैन।’ उनले थपे, ‘५ दलीय गठबन्धनको पनि भविष्य छैन, मलाई राम्रो ठाउँ रोजेको भनेर धेरै शुभकामना आइरहेको छ।’
उनले एमालेसँग एक्लै लड्न नसकेर ५ दलले गठबन्धन गरको सुनाए। ‘माओवादी खोला हो। लक्ष्यमा पुग्न नदीमा पुग्नुपर्छ। एमाले नदी हो।’ उनले भने, ‘अबको माग नेकपा एमाले हो। एक्लै एमालेसँग लड्न नसक्ने भएर गठबन्धन गर्न सकेका छैनन्, आफ्नो पार्टीको अस्तित्व राख्न नसकेपछि किन बस्नु ?’
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर