ललितपुर। ललितपुर महानगरपालिका-१३ एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय बागमतीमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गरेको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-१४ तिखिदेवल बस्ने ३४ वर्षीय सुजन बुढाथोकी, दोलखा गाउँपालिका-७ भइ हाल ललितपुर बस्दै आएका ३४ वर्षीय विवेक थापा, धनुषा वटेश्वर घर भएका ३५ वर्षीया दुनिया बहादुर राउत, काभ्रे महाभारत गाउँपालिका-५ घर भएका २२ वर्षीय विशाल तामाङ, ललितपुर -१४ बाडेगाउ घर भएका ३९ वर्षीय सुनिल बज्रचार्य, ललितपुर -१० पाटनढोका घर भएका ३६ वर्षीय महेश सुवेदी, रामेछाप लखनपुर घर भएका २६ वर्षीय शिव दर्जी, गोदावारी नगरपालिका -१३ घर भएका २६ वर्षीय राजेश सुनुवार, बारा निजगढ नगरपालिका घर भएका २४ वर्षीय रोशन घिमिरे र काभ्रे शिखर अंबोटे घर भएका ३३ वर्षीय कमल लामा रहेका छन् ।
विगत लामो समयदेखि उक्त कार्यालय परिसर तथा वाहिर समेत अनाधिकृत रुपमा मानिसहरु भेला भई कार्यालयमा आफ्नो व्यक्तिगत कामको लागि आउने सेवाग्राहीहरुलाई अनावश्यक रुपमा झन्झटमा पारी कार्यालयको काममा समेत वाधा अवरोध पुर्याउने, सेवा लिन अवरोध गर्ने, अभद्र व्यवहार गर्ने कार्य गरेको भन्ने गुनासोको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका सबैमाथि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’