पोखरा। नेपाल ईन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेश समितिले स्थानीय चुनाव विकासको वाहक बन्न सक्नु पर्ने बताएको छ । एसोसिएसनले बुधबार विज्ञप्ति जारी गर्दै देश भर उत्साहका साथ हुन लागेको निर्वाचन स्वच्छ, मर्यादित र भयरहित बन्न सक्नु पर्नेसमेत बताएको छ । सभापति ई. बृजेन्द्र केसीद्वारा जारी विज्ञप्तिमा स्थानीय निर्वाचनलाई सामान्य ढंगलेमात्र बुझेर समस्याको समाधान नहुने तर्कसमेत राखेको छ ।
स्थानीय जनप्रतिनिधिले विकासलाई प्राथमिकतामा राख्न नसकेको अवस्थामा एसोसिएसनले आवश्यक परे पुरा सहयोग गर्न तयार रहेको जनाएको हो । सभापति केसीले पोखरामात्र नभई सिंगो गण्डकी प्रदेशका ११ वटा जिल्लाका विभिन्न तहमा विकासलाई केन्द्रमा राख्न अनुरोध गरेको छ । नेता चुन्ने काममात्र नगरी वास्तविक विकास र जनचाहना अनुरुप काम गर्ने नेतृत्व चुन्नसमेत इन्जिनियर्स एसोसिएसनसँग आवद्ध अगुवाहरुलाई निर्देशन दिइएको छ । सभापति केसीले वौद्धिक र गर्न चाहने समूहलाई एसोसिएसनले सहयोग गर्ने वचनसमेत दिएका छन् ।
स्थानीय चुनाव, विकासको निकास बनाउन एसोसिएसनले गर्दै आएको कामलाई निरन्तरता दिने विज्ञप्तिमा उल्लेख छ । भौगोलिक हिसावमा भिन्न पहिचान बोकेको गण्डकी प्रदेशलाई नमुना प्रदेश निर्माण अभियानमा धैरै काम गर्न बाँकी रहेको भन्दै सभापति बृजेन्द्र केसीले गण्डकी प्रदेश भरका इन्जिनिएरले विकास र विकास प्रेमी नेता र नेतृत्वलाई साथ दिने बताएका हुन् ।
नेपाल भ्यालुयर्स एसोसिएसन गण्डकी प्रदेशका कोषाध्यक्षसमेत रहेका केसीले लोकतान्त्रिक समुह सिडेन आवद्ध अगुवाहरुलाई विकास प्रेमी र आगामी ५ वर्ष भित्र निकास सहितको विकास दिने नेतृत्वलाई स्थान दिँदै मतदान मार्फत् प्रमुख र उपप्रमुख चुन्न समेत आग्रह गरेका छन् । पेशागत तथा सेवामुलक संस्थाबाट परिवर्तनको आशा गर्न सकिने बताउँदै आएका केसी ३३ औं केन्द्रीय तथा प्रादेशिक कार्यकारिणी समितिमा निर्वाचित भएका हुन् ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?