बाबुराम भट्टराईलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

बाबुराम भट्टराईलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

baburam-matadan

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

भट्टराईले आज स्थानीय तहको निर्वाचनमा मतदान गर्दा मतसङ्केत गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले उनीलाई २४ घण्टा भित्र स्पष्टिकरण सोधेको हो।

‘निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको उक्त कसूरका सम्बन्धमा पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न पत्राचार गरेको छ,’ आयोगले विज्ञप्तिमा भनेको छ।

भट्टराईले आज बिहानमा गृह जिल्ला गोरखामा मतदान गरेपछि मतसङ्केत गरेको मतपत्रको फोटो सामाजिक सञ्जालमा राखेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ