पोखरा । कास्कीको मादी गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचन मंगलबार हुँदैछ । ६ सदस्यका लागि हुने निर्वाचनमा सत्तारुढ गठबन्धन र नेकपा एमालेले उम्मेदवार उठाएका छन् ।
कार्यपालिकामा बहुमत पुर्याउन गठबन्धनले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई आर्थिक प्रलोभनमा पारेको एमालेले दाबी गरेको छ । उत्पीडित समुदायका जनप्रतिनिधिलाई आर्थिक प्रलोभनमा पारेर कार्यपालिकामा बहुमत पुर्याउन गठबन्धन लागेपछि एमाले मादी गाउँपालिका कमिटीले विरोध जनाएको छ ।
पार्टी गाउँ कमिटी अध्यक्ष बालकृष्ण गुरुङले सोमबार विज्ञप्ति निकालेर आचारसंहिता विपरीतका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । `कार्यपालिका सदस्यको निर्वाचनका लागि मतदान गर्ने हाम्रो पार्टीका निर्वाचित जनप्रतिनिधिलाई निर्वाचन आचारसंहिता विपरीत आर्थिक लोभ, प्रलोभन देखाउने, धाकधम्की दिने, बारम्बार फोन गरेर मानसिक टर्चर दिनेजस्ता गैरसंसदीय र अनैतिक कार्य गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिबाट भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,´ विज्ञप्तिमा भनिएको छ ।
अटेर गरेर फेरि यस्तै गतिविधि नदोहोर्याउन एमालेले सचेत गराएको छ । `यस्ता गैरकानुनी र पदीय मर्यादा विपरीत अवाञ्छित कार्यहरू प्रति घोर निन्दा र भर्त्सना गर्दछौं । अब यस्ता खाले कुकृत्य नगर्न र नगराउन सम्बन्धित सबैमा सचेत गराउँछौँ,´ अध्यक्ष गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, `यदि अटेर गरी यस्ता गतिविधि पुनः दोहोर्याएमा कडा मुकाबिला गरी यस्ता गतिविधिमा संलग्न जोकोही व्यक्तिलाई नछोड्ने समेत चेतावनी दिन चाहन्छौं ।´
शान्त तरिकाले कार्यपालिका निर्वाचन गराउनेतर्फ लाग्न एमाले मादी गाउँपालिका कमिटीले सबै सरोकारवालालाई आग्रह गरेको छ । 
गत ३० वैशाखको चुनावबाट मादी गाउँपालिका अध्यक्षमा गठबन्धनबाट कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ निर्वाचित भएकी थिइन् ।
गाउँपालिकाको कार्यपालिका २० सदस्यीय हुन्छ । अहिले गाउँपालिका अध्यक्ष-उपाध्यक्ष र निर्वाचित वडध्यक्ष गरेर १४ जना पदेन छन् भने ६ जना निर्वाचित हुनेछन् ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रलोभन देखाएर गठबन्धन गाउँ कार्यपालिकामा बहुमत पुर्याउन चाहन्छ । मादीमा जसको ११ सदस्य निर्वाचित हुन्छन् उसैको बहुमत पुग्छ । अहिले १४ जनामध्ये गठबन्धनका ९ र एमालेका ५ जना छन् । निर्वाचित जनप्रतिनिधिमा एमालेको बहुमत रहेकाले आफ्ना जनप्रतिनिधि जोगाउन सके एमालेको बहुमत पुग्छ ।
मादीका १२ वडामा वडाध्यक्ष, वडा सदस्य गरेर ६० जना र गाउँपालिका अध्यक्ष-उपाध्यक्ष गरेर ६२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । त्यसमध्ये एमालेका ३३ र गठबन्धनका २९ जना छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ