तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ मध्ये धनुषाका सात जनाको मृत्यु भयाे । मिथिला नगरपालिका-११ लोटाका एकै परिवारका ६ जना वृद्धवृद्धासहित ७ जनाको मृत्यु भएको हो।
जहाज दुर्घटनामा ज्यान गुमाएका राजनकुमार गोले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ता हुन् । लामो समय नेकपा एमालेको राजनीति गरेका गोले एमाले विभाजन भएसँगै समाजवादीतिर लागेका हुन् । उनी अहिले मधेस प्रदेश कमिटी सदस्य थिए।
काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका राजन कुमारले केही दिनअघि परिवारका वृद्धवृद्धालाई मुक्तिनाथ दर्शन गराउन लैजाने योजना बनाएका थिए। बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरूषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ उनीसँगै मुक्तिनाथ जाने भए। गाउँमा उनीहरूको घर सँगसँगै छ। राजकुमारका श्रीमती र दुई छोराछोरी छन्।
शुक्रबार धनुषाबाट काठमाडौं आएका उनीहरू शनिबार पोखरा पुगेका थिए। उनीहरू पाेखरा जाने क्रममा जहाज अघि उभिएर खिचेकाे फाेटाे पनि फेसबुकमार्फत सार्वजनिक गरेका थिए
जहाज दुर्घटनाको खबरले गाउँ नै स्तब्ध छ। अहिले गोले परिवारका बाँकी सदस्यहरूको पीडा कहालीलाग्दो भएको छ । गोले परिवारमा सान्त्वना दिन गाउँका अतिरिक्त विभिन्न राजनीतिक दलका नेता र प्रदेश सरकारका मन्त्रीहरू पुगिरहेका छन् ।
सम्बन्धित समाचारः
‘डिभोर्स फायल’ गरेर नेपाल घुम्न आए, छाेराछाेरीसहित दुर्घटनामा परे
अमेरिकाबाट आएका दिदीबहिनी बुबाआमासहित मुक्तिनाथ जाँदा परे दुर्घटनामा, फर्किँदैछन् छोरा
अर्का क्याप्टेन वसन्त लामाः जाे दाेस्राे दुर्घटनामा बचेनन्, आफैले हस्तान्तरण गरेको प्लेनसँगै अस्ताए
विमानका क्याप्टेन प्रभाकरः जो हिमाली उडानमा अनुभवी, परिपक्व र प्रशिक्षक पनि हुन्
विमानका को–पाइलट २५ वर्षीय उत्सव रुकुम चौरजहारी क्षेत्रकै पहिलो पाइलट
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’