बागमती र गण्डकीका सवारीधनीहरूलाई एक महिने उर्दी, नमाने साउनदेखि कारबाही

बागमती र गण्डकीका सवारीधनीहरूलाई एक महिने उर्दी, नमाने साउनदेखि कारबाही

imbosed-number

पोखरा । यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा असार महिनाभित्र इम्बोस्ड नम्बरप्लेट नराखे कारबाही गर्ने चेतावनी दिएको छ।

बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट राख्न विभागले शुक्रबार सूचना जारी गरेको छ।

बागमती र गण्डकीका यातायात कार्यालयहरूबाट इम्बोस्ड नम्बरप्लेट जडानका लागि सबै पूर्वाधार तयार भएको विभागले जनाएको छ।

इम्बोस्ड नम्बरप्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।

मोटरसाइकललगायत साना–ठूला सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न पनि सवारी साधन धनीहरूलाई विभागले आग्रह गरेको छ।

विभागले बागमती प्रदेशको एकान्तकुना ललितपुर, काठमाडौंको गर्जुधारा र गण्डकीका पोखराबाट इम्बोस्ड नम्बरप्लेज जडान गर्न सकिने जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ