पेशागत महासंघ नेपाल, कास्कीको जिल्ला स्तरिय भेला तथा एकीकृत सरकारी कर्मचारी संगठन नेपालको पोखरा महानगर कमिटि घोषणा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सभाका पुर्व सांसद तथा पेशागत महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष उदया शर्माले राष्ट्रसेवक कर्मचारी तथा पेशा व्यवसायीहरुले पेशागत अनुशासन र मर्यदामा रहेर राष्ट्रको सेवा गर्नु पर्ने वताउदै कर्मचारी तथा पेशाकर्मीहरु कार्यक्षेत्रमा खटिदा आई पर्न सक्ने हरेक समस्यमा पेशागत महासंघले सारथीको भुमिकामा सहयोग तथा समन्वय गर्ने बताइन् ।
नेकपा एसका स्थायी कमिटी सदस्य चुणामणी जंगली, पोलिटव्युरो सदस्य श्रीनाथ वरालले मुलुकको हित र समृध्दिमा पेशाकर्मीहरुको उच्च भुमिका रहनेमा जोड दिदै, जनताको हितमा निस्वार्थ एवं निष्पक्ष भएर क्रियाशिल हुनु पर्ने वताए।
कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कर्मचारीहरु आफ्नो पेशाप्रति ईमानदार र कर्तव्यनिष्ठ हुन सकेमा कुनै पनि संस्थाले प्रगति गर्न समय नलाग्ने वताउदै कर्मचारीहरुको हितका निम्ति आफुले भुमिका खेल्ने प्रतिवद्धता जाहेर गरे। कार्यक्रममा पेशागत महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष डा टंक अधिकारी, एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्यहरु चुडा बहादुर जिसी, दिनेश लम्साल, कास्की उपाध्यक्ष मोतीप्रसाद पौडेल लगायतले शुभकामना दिएका थिए।
उक्त भेलाले ईश्वरी प्रसाद पोखरेलको अध्यक्षतामा प्रदिप क्षेत्रि, डिल्लिराम गिरी उपाध्यक्ष, धर्मराज चौलागाई तथा सत्यराज साँखी सचिव एवं झंकनाथ पौडेल कोषाध्यक्ष रहेको १५ सदस्यीय एकीकृत सरकारी कर्मचारी संगठन नेपाल पोखरा महानगर कमिटी गठन गरेको छ।
पेशागत महासंघ नेपाल, कास्की जिल्ला अध्यक्ष गुमान अर्यालको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत दधिराम पौडेल र संचालन सोमलाल तिवारीले गरेका थिए।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो