काठमाडौं । सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आज बिहीबारदेखि कोभिड १९ विरुद्धको खोप दिँदैछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो चरणमा देशका २७ जिल्लामा बिहीबारदेखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइनेछ।
पहिलो चरणमा आजदेखि १५ गतेसम्म २७ जिल्लामा खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ। त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन हुनेछ।
पहिलो चरणमा वाग्मती प्रदेशका काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप अभियान चल्ने छ । यस्तै, प्रदेश–१ का झापा, मोरङ, इलाम, सुनसरी, मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, गण्डकी प्रदेशका कास्की, नवलपरासी पूर्वका बालबालिकालाई खोप लगाइने छ।
यस्तै, लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रूपन्देही, बाँके, बर्दिया र दाङ तथा कर्णाली प्रदेशको सुर्खेतमा खोप अभियान चल्ने छ भने सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बालबालिकालाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
देशका बाँकी ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी छ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने