पोखरा । अनलाइन मिडिया ‘नेपालअहिले डटकम’ पोखराबाट शुरु भएको छ । काठमाण्डौंको अनामनगरमा मूख्य र पोखराको शिवालयचोकमा प्रदेश कार्यालय रहेको नेपालअहिले अनलाइनको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र वरिष्ठ पत्रकार नारायण कार्कीले पोखरास्थित कार्यालय परिसरमा आयोजित कार्यक्रममा शुभारम्भ गरे ।
कार्यक्रममा प्रमुख अतिथि मेयर आचार्यले नेपालअहिलेले पत्रकारिताको धर्म निर्वाह गर्दै जनतालाई सुसूचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेको बताए । उनले मिडियाहरुका बीचमा उत्कृष्ट बन्न सकोस् भन्दै अनलाइनको सफलताको कामना गरे ।
कार्यक्रमका विशेष अतिथि वरिष्ठ पत्रकार कार्कीले नेपालअहिलेलाई जनताको आवाज बनेर अगाडि बढ्नका लागि शुभकामना दिए । उनले अनलाइन मिडियाले समाचार प्रकाशन प्रशारणका क्रममा छिटो र पहिलो बन्ने दौडमा लाग्नुभन्दा सही सूचना सम्प्रेषणमा बढी जोड दिनुपर्ने सुझाव राखे ।
नेपालअहिलेका अध्यक्ष तथा सम्पादक गणेश बराल ‘ढाकामोहन’ ले अहिले नेपालअहिले र अंग्रेजीमा नेपाल लेटेस्ट सञ्चालनमा ल्याएकाे जानकारी दिँदै निकट भविष्यमै प्रदेश केन्द्रित वेबसाइट सञ्चालन गरिने बताए । अनलाइन पत्रकार संघ गण्डकीका संस्थापक अध्यक्षसमेत रहेका बराल लामाे समयदेखि यहाँकाे अग्रणी न्यूजपाेर्टल पाेखरा न्यूज डटकमका संस्थापक सम्पादक थिए ।
कार्यक्रममा पोखरास्थित विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार र नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा नेपाली भाषाको अनलाइन नेपालअहिलेडटकमसँगै अंग्रेजी भाषामा नेपाललेटेष्टडटकमको पनि औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’