पोखरा । चलचित्र पत्रकार संघ कास्की शाखाको आयोजनामा मंगलवारदेखि शुरु भएको सूचना, प्रविधि र चलचित्र पत्रकारिता विषयक कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा पोखराको चलचित्र पत्रकारितामा सक्रिय ४० जना पत्रकारको सहभागिता रहेको संघका अध्यक्ष अरुण गिरीले जानकारी दिए ।
कार्यशालामा प्रशिक्षक एवम् चलचित्र निर्देशक तथा लेखक मनोज पण्डितले कथा लेखन र कथाबाचन, कथाको निर्माण लगायतका विषयमा प्रशिक्षण दिएका थिए । दुई दिने कार्याशालामा सहभागीले कथा लेख्न र प्रविधिको प्रयोगबाट प्रभावकारिता बढाउन सिक्ने अवसर प्राप्त गर्ने बताए। कार्यशालमा पोखराका क्रियाशिल पत्रकारहरु सुरेश रानाभाटले चलचित्र पत्रकारितामा भाषाको प्रयोग, केशवशरण लामिछानेले चलचित्रमा फिचर लेखन, वाशुदेव मिश्रले सिनेमा समाज र पत्रकारिता संगै चलचित्रका विभिन्न आयामहरुका बारेमा प्रशिक्षण दिएका थिए ।
कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेशको सहयोगमा आयोजना गरिएको कार्यशालामा चलचित्र पत्रकार संघ कास्कीका सचिव प्रभु अधिकारीले संघले गरेको बिबिध सामाजिक तथा पत्रकारिता कार्यक्रम गरेको स्मरण गरे। उनले भोलीका दिनमा पनि सकारात्मक र रचनात्मक खालका कार्यक्रम संघले आयोजना गर्ने उद्घोष गरे।
कार्यशाला समापनका अवसरमा अध्यक्ष गिरीले संघले आउँदा दिनहरुमा पनि परिवर्तित परिस्थिति अनुरुपका तालिमहरु सञ्चालन गर्ने बताए । उनले पत्रकारलाई परिवर्तित अवस्थाको बारेमा निरन्तर क्षमता अभिबृद्धि गराउनुपर्ने बताएका थिए। समापन कार्यक्रममा प्रशिक्षितलाई संघका अध्यक्ष अरुण गिरी, प्रशिक्षक मनोज पण्डित, केशव शरण लामिछाने, संघका निर्बतमान अध्यक्ष रेम विक र संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले प्रमाणपत्र वितरण गरेका थिए।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर