पोखरा महानगरपालिकाका निवर्तमान मेयर तथा पोखरा उपत्यका नगर विकास समितिका निवर्तमान अध्यक्ष मानबहादुर जिसीले समितिको जग्गा भाडामा लगाइएको बारेमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
बुधबार एक विज्ञप्ति निकालेर उनले पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्कको जग्गा, गल्फ कोर्षको जग्गा र यातायात कार्यालय नजिकैको जग्गा ‘सेटिङ’ मिलाएर भाडामा दिइएको भन्ने आरोप निराधार भएको बताएका हुन् । उनले कुनै पनि भ्रममा नपर्न पोखरेली जनतालाई आग्रह समेत विज्ञप्ति मार्फत् गरेका छन् । ‘पोखरा उपत्यका नगर विकास समितिको संस्थागत हितलाई नै ध्यानमा राखेर प्रचलित नियम, कानुन र विधि अनुसार नै जग्गा भाडामा लगाइएको हो ।’ जिसीले निकालेको विज्ञप्तिमा भनिएको छ ।
२०७४ मा जनप्रतिनिधि निर्वाचित भएर आउनु भन्दा अगाडि ठाडो तोक आदेशमा समितिको जग्गा भाडामा लगाउने प्रवृत्तिको अन्त्य गर्दै प्रचलित कानुुनको अधिनमा रही प्रतिष्पर्धाका आधारमा जसले बढी भाडा दिन कबुल गर्छ उसैलाई सर्तसहितको नियममा टेकेर जग्गा भाडामा लगाइएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘विगतमा तोक आदेशमा सम्झौता गरेर भाडामा दिइएका समितिको स्वामित्वमा रहेका विभिन्न ठाउँका जग्गा र यी तीन वटा जग्गाको भाडा पनि विगतमा कति थियो र अहिले कतिमा भाडामा लगाइएको हो ? सो को अध्ययन गरेर सत्य बाहिर ल्याउन सञ्चार माध्यमलाई विनम्रता पूर्वक आग्रह गर्दछु । ’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा विगतको गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै जग्गाको प्रचलित मूल्य अनुसार प्राविधिक र प्रशासनिक टिमले तयार पारेको रिपोर्टलाई आधार मानेर नै कानुन र विधि सम्वत जग्गा भाडामा लगाइएको उल्लेख छ । संस्थालाई हानी हुने र व्यक्तिलाई लाभ पुग्ने गरी पूर्वाग्रही भएर जग्गा भाडामा लगाउने मनसाय नराखिएको स्पष्ट पार्दै जग्गा भाडामा लगाउने प्रक्रियाको सुक्ष्म ढंगले छानबिन गरी कानुनी रुपमा त्रुटि देखिए तत्काल खारेज गर्ने अधिकार वर्तमान नेतृत्वलाई रहेको जानकारी गराउँदै जिसीले निवर्तमान अध्यक्षको हैसियतले पूर्ण सहयोग रहने प्रतिवद्धता विज्ञप्तिमा व्यक्त गरेका छन् ।
‘पोखरा महानगरको प्रमुख र समितिको अध्यक्ष हुँदा पोखरा र पोखरेली जनताको अहित हुने गरी कुनै निर्णय र काम नगरेको बताउँदै यो अवधिमा भएका कामको पोखरेली जनताले मूल्यांकन गर्नुभएकै छ, र अब पनि गर्नुहुनेछ ।’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सम्बन्धित खबर
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
संसद् पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन कांग्रेस पूर्व सांसदहरूले प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउने
त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो