सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्षमा अजित उत्सव चयन भएका छन् । प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई केन्द्रीय अध्यक्षका रुपमा चयन गरेको हो । संस्थाले तत्कालिन अध्यक्ष जीबित खड्का मगरलाई पदमुक्त गरी बाँकी कार्यकालका लागि अध्यक्षका रुपमा कवि उत्सवलाई सर्वसहमत चयन गरेकाे जानकारी दिएकाे छ ।
जुम बैठकमा संस्थाका केन्द्रीय पदाधिकारीहरु, बिभागिय प्रमुखहरु र पदाधिकारीहरु, नेपाल शाखाका अध्यक्ष, प्रदेश अध्यक्षहरु, संस्थाका केन्द्रीय संरक्षकहरु लगायतको उपस्थिती रहेको थियो । प्रतिष्ठानको नेतृत्वमा आएका अजित उत्सव यसअघि सो संस्थाको बरिष्ठ उपाध्यक्ष थिए । बैठक उनकै अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिष्ठानको केन्द्रीय कार्यालय मध्यपूर्बको युएईमा रहेको छ । यो संस्थाले हरेक बर्ष साहित्यका बिबिध बिधामा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र पुस्तक प्रकाशन समेत गर्दै आएको छ । नेपाल लगायतका देशमा यसका शाखा रहेका छन् ।
सगरमाथा साहित्य प्रतिष्ठानमा २०१७ तिरबाट आबद्ध अजित उत्सब केन्द्रीय कार्यसमितिको सदस्य, सचिब, बरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि प्रतिष्ठानले आयोजना गरेको बिश्वब्यापी नेपाली कविता प्रतियोगिताको सह-संयोजक/संचार बिभाग प्रमुख समेत रहिसकेका छन् । उनी प्रतिष्ठानको नेपाल इन्चार्ज समेत हुन् ।
स्याङ्जा जिल्लामा जन्मेहुर्केका कवि उत्सवको हालको ठेगाना पोखरा हो । उनी बिगत एक दशक भन्दा बढी समयदेखी युएईमा कार्यरत छन् । हाल उनी आबुधाबीमा सुपरभाईजरका रुपमा कार्यरत छन् । उनको हालसालै “आकाशगङ्गाको किनार” नामक कविता संग्रह बजारमा आएको छ ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?