काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित निकालेको छ।
बुधबार भएको खेलमा आयोजक स्कटल्याण्डलाई ५ विकेटले हराउँदै नेपालले सिरिजमा पहिलो जित निकालेको हो। स्कटल्याण्डमाथि नेपालको यो ऐतिहासिक जित हो। स्कटल्याण्डविरुद्ध नेपालले पहिलो पटक जित निकालेको हो।
स्कटल्याण्डले दिएको १ सय ४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो।
नेपालका लागि मोहम्मद आशिफ शेखले सर्वाधिक अर्धशतकीय पारी खेले । ६२ बलको सामना गरेका उनले ७१ रन बनाए।
यस्तै, कुशल भुर्तेल २७, देव खनाल ४, दीपेन्द्र सिंह ऐरी ३, आरिफ शेख १ रनमा आउट भए। रोहित पौडेलले अविजित रहँदै ३४ रन बनाए।
त्यसअघि ग्लास्कोको टिटउडमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोलीले ४२.५ ओभरमा सबै विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो।
उसका लागि सर्वाधिक ग्याभिन मेनले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । अन्य खेलाडी क्रिजमा खासै जम्न सकेनन्।
बलिङतर्फ नेपालका सोमपाल कामी र मोहम्मद आदिल आलमले समान तीन–तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा दीपेन्द्र सिंह ऐरी र करण केसीले एक–एक विकेट लिए।
जितसँगै नेपाल १८ खेलमा १७ अंकसहित तालिकाको पाँचौै स्थानमा उक्लिएको छ।
यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो।
अब नेपालले तेस्रो खेलमा नामिबियासँग शनिबार र अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग अर्को आइतबार खेल्नेछ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव