काठमाडौं । ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि फाइजर खोप दिइँदै छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो ।
यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको खोप फाइजरको दोस्रो मात्रा दिइनेछ ।
कुन–कुन जिल्लाका बालबालिकाले खोप पाउँछन्?
प्रदेश नं १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, उदयपुरका बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मधेश प्रदेशका बारा, रौतहट र सर्लाही तथा बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकका बालबालिकालाई खोप दिइँदैछ ।
त्यसैगरी गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङजा र तनहुँ तथा लुम्बनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, रुकुम पूर्व जिल्लाका बालबालिकालाई पनि कोभिडविरद्धको खोप दिन लागिएको छ ।
कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख, जाजरकोट तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालिबालिकालाई फाइजर खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि २७ जिल्लाका बालबालिकाहरुलाई सरकारले फाइजर खोप दिएको थियो।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने