काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अराजक गतिविधिलाई बढावा दिइरहेको टिप्पणी गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम गरिरहँदा कांग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।
उनले मेयर शाहको शैलीप्रति आपत्ति जनाएका थिए । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर शाहले ती भौतिक संरचनाहरू हटाउँदा अराजकता सिर्जना गरेको भन्दै आपत्ति समेत जनाए ।
गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरहरूले अराजक गतिविधि गर्न नहुने बताए ।
यस्ता गतिविधिले अराजकतालाई बढावा दिने उनको भनाइ थियो ।
नेता विश्वकर्माले भने,
‘हामी आज बजारमा के–के देख्दै छौं त ? भत्काउँदै हिँड्नु भएको छ नि हैन, मेयर साब । हाम्रो सिस्टमले भनेको त्यो हो त ? त्यसको कानुनी प्रक्रिया छैन ? अब भोलिदेखि सबै मेयरहरूले भत्काउँदै हिँड्ने हो भने त गृह मन्त्रीलाई बन्दुक चलाउने अधिकार छ । स्थानीय तहको बजार व्यवस्थापन गर्ने सबै अधिकार मेयरलाई छ । तर अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैंले बन्दुक बोकेर हिँड्नु भयो भने के हुन्छ ? हाम्रो सिस्टमलाई कति व्यवहारिक र अनुशासित भएर संचालन गर्छौ ? हामीले छलफलयता केन्द्रित नगरेको हो कि ? हामीले अराजक गतिविधिलाई बढावा दिइरहेका छौं । त्यसलाई विधि अनुसार चलाउनु पर्छ । गल्ती गर्नेलाई पत्र काटे भयो । उसलाई उपस्थित गराउने, बयान लिने र जरिवाना गरे भइहाल्यो । यतातिर ध्यान दिन जरुरी छ ।’
नेता विश्वकर्माले गल्ती गर्नेहरूलाई मेयर शाहले बयान लिने, जरिवाना गर्ने प्रावधान भए पनि आतंकित बनाउने काम गरेको गुनासो समेत गरेका थिए । उहाँले मेयर शाहको यस्तो गतिविधिले हाम्रो राजनीतिक प्रणालीमाथि नै आघात पुर्याउनेतर्क समेत गरेका थिए ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान