पाेखरा । विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य रजनी केसीले पार्टीबाट राजीनामा दिएकी छन् । विवेकशिल साझा पार्टीको केन्द्रीय सदस्यदेखि साधारण सदस्य समेत नरहने गरी साेमबार पार्टीबाट राजीनामा दिएकाे सामाजिक सञ्जालमार्फत् आज जानकारी गराएकी छन् ।
पछिल्लो समयहरुमा पार्टीमा देखिएका विविध विचलन लगायतका गतिविधिहरुबाट सो पार्टीमा रहन नसकिने निश्कर्षका पुगेर राजीनामा दिएको उनले बताएकी छन् ।
केसीले आगामी दिनहरूमा पनि राजनीतिक यात्रामा जोडिने बताइन् । उनले यसअघि उपनिर्वाचन २०७६ कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको प्रतिस्पर्धी उमेदवार बनेकी थिइन् । काँग्रेस पार्टीमा लामाे समय याेगदान गरेकी रजनी रविन्द्र मिश्र नेतृत्वकाे विवेकशील साझा प्रवेश गरेकी थिइन् ।
उनले भनेकी छन्,बिगत ३ वर्ष देखि साझा पार्टी हुँदै विवेकशिल साझा पार्टीको केन्द्रीय सदस्यका रुपमा रहँदै गत उपनिर्वाचन २०७६ कास्की क्षेत्र नं।२ को प्रतिनिधि सभा सदस्यको प्रतिस्पर्धी उमेदवार भई पार्टीको नीति सिद्धान्त र चुनाव चिन्हलाई जनस्तर सम्ममा पुर्याउने तथा सङ्गठन विस्तारका कार्यहरुमा निरन्तर क्रियाशिल रहँदै आएकोमा हाल पछिल्ला समयहरुमा पार्टीमा देखिएका विविध विचलन लगाएतका गतिविधिहरुबाट सो पार्टीमा रहन नसकिने निश्कर्षका साथ विवेकशिल साझा पार्टीको केन्द्रीय सदस्य देखि साधारण सदस्य समेत नरहने गरी यही मिति २०७९ भाद्र २० गते देखि औपचारीक रुपमा राजीनामा दिएको ब्यहोरा जानकारी गराउंदछु ।’
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?