काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंका बिभिन्न फोटो स्टुडियोहरुले एसएलसी, प्लस टु उत्तिर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ३ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा मोरङ बेलबारी नगरपालिका-९ घर भई काठमाडौं गौशाला बस्ने एभीआई फोटो स्टुडियोका संचालक ३० वर्षीय चबुरलाल चौधरी, सिन्धुली सुनकोशी गाउँपालिका-४ घर भई काठमाडौं बानेश्वर बस्ने एमए जेनरल फोटो स्टुडियोका संचालिका ४३ वर्षीया सुमित्रा कोईराला र सोलुखुम्बु दुधकुण्ड गाउँपालिका-४ घर भई काठमाडौं बानेश्वर बस्ने आरएन फोटो स्टुडियोका संचालक २४ वर्षीया फुल्हमु तामाङ रहेका छन् ।
उनीहरूले खाडी मुलुकमा बैदेशिक रोजगारीमा जाने व्यक्तिबाट ५ सय देखि १ हजार रुपैयाँसम्म लिएर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
प्रहरीले ती फोटो स्टुडियोहरुबाट ४ थान कम्प्युटर, ४ थान मोनिटर, २ थान पेन ड्राइभ, ४ थान कलर प्रिन्टर र ६ थान विभिन्न नक्कली सर्टिफिकेट समेत बरामद गरेको छ । भने , उनीहरूलाई लिखत सम्बन्धी कसूरमा थप अनुसन्धान एवं आवश्यक कारवाहीका लागि प्रहरी बृत्त गौशाला काठमाडौंमा पठाईएको छ ।
सम्बन्धित खबर
पत्रकार पक्राउ प्रकरणमा दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन
वर्षा रोकिएसँगै देशभरको मौसममा क्रमिक सुधार
बालेनलाई तनुजाको कटाक्षः देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस्
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते