निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय समितिको आयोजनामा विद्यालय स्तरीय राष्ट्रिय लोक नृत्य प्रतियोगिताको फाइनल राउन्ड यही भाद्र २५ गते पोखरा सभागृहमा हुने भएकाे छ ।
देश भरिका ६ हजारभन्दा बढी विद्यालयका बिचमा असार महिनाको अन्तिम हप्तादेखि सुरूमा पालिका स्तरमा, त्यसपछि जिल्ला स्तरमा र भाद्र महिनाको दोस्रो हप्ता प्रदेश स्तरमा छनौट प्रतियोगिताहरु सम्पन्न भइसकेका छन् ।
अब फाइनल राउन्डको लागि देश भरिका सातै प्रदेशबाट १–१ वटा उत्कृष्ट समूहले प्रतिस्पर्धा गर्ने छन् । उक्त कार्यक्रममा प्रदेश १ मोरङबाट सिद्धार्थ सेकेन्डरी स्कुल, मधेश प्रदेश धनुषाको चिल्ड्रेन्स गार्डेन बोर्डिङ स्कुल, बागमती प्रदेश धादिङको एडभान्स एकेडेमी, गण्डकी प्रदेश कास्कीको कुमुदिनी होम्स्, लुम्बिनी प्रदेश रुपन्देहीको कुमरावती इङ्लिस स्कुल, कर्णाली प्रदेश सुर्खेतको इन्टरनेशनल कोअपरेटिभ स्कुल र सुदुर पश्चिम प्रदेश कैलालीको वेस्टर्न कृष्टल एकेडेमी बिच प्रतिष्पर्धा हुनेछ भने कास्कीका सरस्वती आदर्श विद्याश्रम, मेरिगोल्ड बोर्डिङ स्कुल र स्याङ्जाको भूपू सैनिक बोर्डिङ स्कुलले अप्रतियोगीका रूपमा नृत्य प्रस्तुत गर्ने छन् ।
शनिबार हुने फाइनल प्रतिस्पर्धामा प्रथम समूहलाई रु १ लाख, द्वितीय समूहलाई रु ७५ हजार, तृतीय समूहलाई रु ५० हजार र सान्त्वना अनि अन्य ४ समूहलाई रु २५–२५ हजार नगद, प्रमाण पत्र र टफी प्रदान गरिने प्याब्सन केन्द्रीय उपाध्यक्ष एवम् अतिरिक्त क्रियाकलाप संयोजक वीरबहादुर बुढाथोकीले बताए ।
यस्तै, राष्ट्रिय लोक नृत्य प्रतियोगिताको पूर्व सन्ध्यामा प्याब्सन केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण कार्य समितिको बैठक यही भाद्र २४ गते पोखरामा बस्न लागेको प्याब्सन केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज कृष्ण के.सी.ले जानकारी दिए ।
सम्बन्धित खबर
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर