बुटवलबाट हराएका तीन जना बिद्यार्थी भारतको मुम्बईमा बेहोश अवस्थामा भेटिएका छन्। शुक्रबार विद्यालय जान भनेर घरबाट हिँडेका उनीहरू शनिबार राति २ बजे मुम्बईको केरला स्टेशनमा बेहोश अवस्थामा भेटिएको हराएकामध्ये सागर पौडेलका मामा राजु पन्थीले बताए ।
बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार नवीन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने एक जनासँग विद्यालय जान भनी सँगै घरबाट निस्केका थिए। तर, विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए।
बालकहरूले भने आफूहरू कसरी भारत आइपुगेको भन्ने केही थाहा नभएको अभिभावकलाई बताएका छन्। हराएका समीर लम्सालका बुबाले दिएको जानकारी अनुसार उनीहरुसँग केही झोलाहरु पनि भेटिएको छैन। तर एकजनाको खल्तीमा १५ हजार रकम भेटिएको तर त्यो रकम कसले दियो भन्ने विषय नै अन्यौल भएको छ ।
समीर लम्सालका बुवाले सागर पौडेलका मामा राजुलाई दिएको जानकारी अनुसार उनीहरु ठूलो गिरोहबाट नै अपहरण भएको हुनसक्ने अनुमान गरिएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले अभिभावकले विद्यार्थी भेटिएको जानकारी दिएको र उनीहरुलाई सहज तरिकाले ल्याउन र यसको कारण पत्ता लगाउन अनुसन्धान थाएिको बताए ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’