बेलायत पठाइदिन्छु भन्दै ११ लाख २० हजार रकम ठगी गरेको आरोपमा बस्नेत पक्राउ

बेलायत पठाइदिन्छु भन्दै ११ लाख २० हजार रकम ठगी गरेको आरोपमा बस्नेत पक्राउ

arrest

काठमाडौं। बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सोलुखुम्बुको थुलुङ गाउँपालिका -२ घर भइ हाल काठमाडौं मैतिदेवी बस्दै आएका ३३ वर्षीय तिलक बहादुर बस्नेतलाई प्रहरीले ११ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो।

प्रहरीका अनुसार काठमाडौं पुतलीसडकस्थित रेडजोन फाउन्डेसन कन्सलटेन्सीका संचालक समेत रहेका बस्नेतले पीडितहरूलाई अमेरिका बेलायत लगायतका देशमा भिषा उपलब्ध गराउने भन्दै प्रलोभन देखाई पटक पटक गरी उक्त रुपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले पुतलीसडकबाट पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा उक्त कन्सलटेन्सी शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाबाट अनुमति समेत नलिई संचालन गरेको समेत पाइएको छ।

उनी माथि ठगी सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds