काठमाडौं । बालगायिका कमला घिमिरेले आफ्नो पछिल्लो लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेपछि माफी मागेकी छन् । सुमन परियारसँग मिलेर गाएको उक्त गीत अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
जबर्जस्ती करणीबारेका हालैका दुई घटनालाई व्यंग्य गर्दै गाइएको उक्त गीतले पीडितलाई थप पीडा थप्ने किसिमले ‘कम्पोज’ भएको आरोप लागेको छ।
फेसबुकमार्फत गायिका घिमिरेले बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिन आग्रह गरेकी छन् । घिमिरेले उक्त गीत आफ्नै रचनामा गाएको स्वीकार्दै आफूले गाएको गीत कुनै योजना बनाएर स्कृप्ट तयार पारेर कसैको जीवन बर्बाद पार्ने गरी नभएको पनि बताएकी छन्।
उनले लेखेकी छन्– सबैलाई नमस्ते म हजुरको छोरी र बहिनी कमला घिमिरे। सर्वप्रथम त सबैलाई यो जानकारी गराउँछु कि छहारी युट्युब च्यानलमा अपलोड भएको दोहोरी जसलाई अहिले विभिन्न टिकाटिप्पणी गरिएको छ त्यो कुनै प्लान गरेर डलरकै लागि भनेर सोचेर, सम्झेर कुनै स्कृप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्नेगरी गाइएको गीत होइन। तर पनि त्यो गीतलाई जसरी अहिले बुझिएको छ र जुन तरिकाले हल्ला गरिएको छ, यो देख्दा चाहिँ म आफैं पनि छक्क छु अझ बढी दु:खी छु। राम्रै गरि हेरेरै हिँड्दा पनि त कहिलेकाहीँ ठेस लाग्ने गर्छ। हो त्यस्तै भयो दाइ सुमन परियारसँग मैले गीत गाउँदा गाउन बसियो गाउँदै जाँदा माया पिरतिको कुरा आयो माया पिरतिको कुरा आउँदा जान–अन्जानमा केही त्यस्ता शब्द आए जुन कसैलाई लक्षित गरेझैं भयो। बुझाई सकारात्मक भन्दा नकारात्मक भयो। जसरी अहिले दिदी समीक्षा अधिकारीलाई लक्षित गरेर गीतलाई सामाजिक सञ्जालमा भाइरल गरिएको छ। यो कुराले दिदीलाई पर्न गएको असर, दिदीको आत्मसम्मानमा पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु। आफ्नै सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला। आइन्दा यस्तो गल्ती हुनेछैन र अर्को कुरा जसरी अग्रज कलाकारहरुले यो गीतलाई लिएर पक्ष–विपक्ष गर्दै बोल्नुभएको छ। म बाट गल्ती हुँदा मलाई सम्झाएको भए म कति खुसी हुन्थेँ होला। हजुरको उपदेश शिरोधार्य गर्थें होला। तर, मन क्षतविक्षत हुनेगरी लेखियो बोलियो। यसले एकदम दु:खी बनायो। खैर, केही छैन अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु। हजुरहरुले माया गरेर मनमा राखेको कमला त्यो मनबाट हट्न चाहान्नँ। सँधै हजुरहरुकै प्रिय बन्न पाउँ, गीत संगीतमै रम्न पाउँ। कहीँकतै बिराएछु भने सल्लाह सुझाव दिँदै गर्नु है। र, अन्त्यमा फेरि पनि माफी माग्दछु ।
हजुरकै कमला ।
सम्बन्धित खबर
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने