पोखरा । पोखराकी सञ्चारकर्मी अनिशा श्रेष्ठ मधेस प्रदेशको ‘रामा यादव पत्रकारिता पुरस्कार–२०७९’ बाट पुरस्कृत भएकी छन् । यस्तै, २०८० काे पुरस्कार प्राइम टेलिभिजनकी सिर्जना कार्कीलाई प्रदान गरिएको छ ।
रौतहडको रेड टेलिभिजनकी सञ्चालिका रामादेवी यादवको कोरोना संक्रमणले मृत्यु भएपछि उनको स्मृतिमा स्थापित पुरस्कार श्रेष्ठ र शर्मालाई प्रदान गरिएको हो ।
यादवको पहिलो वार्षिक पुण्यतिथिको अवसरमा पोहोर नै पुरस्कार घोषणा गरिएको हो । स्थानीय तह निर्वाचनको बीचमा परेका कारण अघिल्लो वर्ष पुरस्कार वितरण गरिएको थिएन । दुवै वर्षको पुरस्कार एकसाथ प्रदान गरिएको छ । पुरस्कारको राशि २६ हजार ५ रुपैयाँ छ ।
पुरस्कृत अनिषा श्रेष्ठ पोखराकाे सिटी वान टेलिभिजनकी प्रबन्ध निर्देशक हुन् । कार्यक्रममा पुरस्कृत श्रेष्ठले सम्मानले कार्य क्षेत्रमा खटिन थप हौसला प्रदान गरेको धारणा राखिन् । समाजले हेर्ने दृष्टिकोण, कार्यक्षेत्रमा हुने विभिन्न खाले असुरक्षालाई पनि प्रतिवाद गर्दै सञ्चारकर्ममा लागेका महिलाहरुको हितका लागि राज्यले विशेष योजना ल्याउनु पर्ने पनि उनको भनाइ थियो । हरेक प्रदेशबाट महिला पत्रकारको नाम सिफारिश भइआएको र निर्णायक समितिले श्रेष्ठलाई पहिलो पुरस्कार दिने निर्णय गरेको जनाइएको छ।
आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले दुवैजनालाई पुरस्कार प्रदान गरे । अध्यक्ष यादवले कोरोना कालमा जोखिम मोलेर पत्रकारिता गर्दै आएका सञ्चारकर्मीले ज्यान गुमाउनु परेको दुखद अवस्थालाई स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई हटाउन प्राधिकरणको स्थापना गरिएको बताए ।
उनले पत्रकारिता पेसा समाजप्रति उत्तरदायी भएर काम गर्नुपर्ने जिकिर गर्दै तराई मधेशका जिल्लाहरुमा देखिएका कुरीतिहरुलाई हटाउँदै स्वच्छ, निष्पक्ष, सत्य पत्रकारिता गर्न आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पत्रकारितालाई मर्यादित बनाउनुपर्ने कुरामा जोड दिँदै कोरोनाले धेरै राम्रा मानिसलाई पनि मृत्युको मुखमा पुर्याएको स्मरण गरे। पत्रकारितामार्फत स्वास्थ्यका साथै अन्य सामाजिक क्षेत्रमा प्रभावकारी जनचेतना विस्तारमा सहयोग पुर्याउन प्रजिअ मिश्रले आग्रह गरेका छन्।
जिल्लाका सुरक्षा निकायका प्रमुखहरुका साथै पत्रकारहरुको उपस्थितिमा भएको पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता पुरस्कार संस्थापक जयप्रकाश यादवले गरेका थिए।

सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’