काठमाडौं । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विभिन्न विषयमा सम्झौता र समझदारी भएका छन् । दिल्लीस्थित हैदराबाद हाउसमा बिहीबार नेपाल-भारत पारवहन सम्झौता नवीकरण गरिएको हो । तल्लो अरुणको पीडीए गर्ने, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने, नेपालगन्ज, भैरहवा तथा चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति दुई देशबीच भएको छ ।
भ्रमणमा नेपालले जलमार्ग बनाउन सक्ने, नयाँ रेल लिंक स्थापना गर्ने, भारतीय रेल संस्थानमा नेपाली कर्मचारीले तालिम लिने, सुदूरपश्चिममा २ वटा पुल बनाउने, क्रस बोर्डर पेमेन्ट, रासायनिक मल कारखाना खोल्न सहयोग गर्नेलगायतका विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीबारे प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
यस्तै अमलेखगन्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने र सिलिगुडीबाट झापाको चारआलीसम्म पाइपलाइन निर्माण गर्ने सहमति भएको छ ।
यस्तै बुटवल-गोरखपुर ४०० केभीए क्षमताको डलब सर्किट पावर प्रसारणलाइन उद्घाटन भएको छ । बुटवलदेखि भारतको गोरखपुरसम्म १२० किलोमिटर लामो प्रसारणलाइनको सम्झौता भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । यो सम्झौतासँगै नेपालमा उत्पादन विद्युत भारतमा बिक्री गर्न थप सहज भएको छ ।
भ्रमणका क्रममा क्यूआर कोडबाट भुक्तानी गर्न सकिनेगरी अन्तरदेशीय भुक्तानी सम्झौता भएको छ । यससँगै नेपाली नागरिक भारत जाँदा या भारतीय नागरिक नेपाल आउँदा क्यूआर कोडबाट भुक्तानी गर्न सक्ने भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले विराटनगर भन्सारको कस्टम यार्डसम्म कार्गो रेलको सुरुवात गरेका छन् । नेपालसँगको सीमासहित सबै समस्या समाधान गर्ने बताउँदै मोदीले सन् २०१४ मा आफू पहिलोपटक भारतको प्रधानमन्त्री भएपछि त्यसयता नेपाल-भारतको द्विपक्षीय सम्बन्धमा धेरै सुधार आएको बताएका छन्।
सम्बन्धित खबर
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो