पोखरा । सुजल डेरी प्रा.लि.को उत्पादन ‘सफल दही’ ले विगत १८ वर्षदेखि पोखरा र आसपासका क्षेत्रमा लोकप्रियता कायम गर्दै आएको जनाएकाे छ ।
पछिल्ला वर्षहरुमा ‘सफल दही, एकदम सही’ उद्घाेषका साथ आक्रामक बजार लिएकाे याे दही गाई तथा भैँसीको शुद्ध र ताजा दूधलाई उच्च कोटिको प्रविधिद्वारा प्रोसेसिङ गरी गुणस्तरीय ल्याक्टिक कल्चर प्रयोग गरिएको बाक्लो र मलायादार दही रहेकाे कम्पनीकाे भनाई छ ।
कम्पनीले भनेकाे छ– ‘व्यस्त दैनिकी र हरेक पलको भाग-दौड बीच आजको आधुनिक परिवारलाई चाहिन्छ सन्तुलित र पोषणयुक्त आहार — त्यो पनि सजिलो र छिटो। त्यसैले त तपाईं र तपाईंको परिवारको सन्तुलित आहारको लागि स्वाद, स्वास्थ्य र सन्तुष्टिले भरिएको सफल दही, एकदम सहि छ।
खाँदा मीठो र स्वास्थ्यको लागि फाइदाजनक रहेको कारण परिवारको नियमित खानामा सफल दही प्रयोग गर्दै आएको कम्पनीले जनाएको छ । सफल दही स्वास्थ्यका लागि अत्यावश्यक गुणहरूले भरिपूर्ण भएकाले हुर्किँदै गरेको बालबालिकादेखि युवा, वयस्क र वृद्ध वृद्धालाई समेत गुणकारी भएको कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार यसमा भएको क्याल्सियमले हड्डी बलियो बनाउनका साथै प्रोटिनले शारीरिक तन्दुरुस्ती ल्याउँछ भने भिटामिनले रोग प्रतिरोधात्मक क्षमता बढाउने उसकाे भनाइ छ ।
सन्तुलित खाना सबैको आवश्यकता भए पनि आजको व्यस्त दैनिकीले घर-घरका गृहिणीहरूका लागि सन्तुलित भोजनको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । यस्तो समयमा दैनिक खानासँगै सफल दही पनि मिसाउन सके सजिलै सबै परिवारको लागि पोषण युक्त र सन्तुलित आहार तयार गर्न सजिलो बनाउने हेतुले यो क्याम्पेन ल्याइएको कम्पनीले प्रस्ट पारेको छ ।
विभिन्न चाडबाडमा अत्यावश्यक परिकारमध्येको एक दही हाम्रो समाजको अभिन्न अङ्गको रूपमा रही आएको छ । आइएसओ २२०००:२०१८ मापदण्ड प्राप्त यो कम्पनीले आफ्ना विभिन्न उत्पादनहरू मार्फत निरन्तर सेवा दिँदै आइरहेको छ। बदलिएको परिवेशमा आधुनिक परिवारको आवश्यकतालाई हेरी दहीलाई नियमित भान्साको अभिन्न अङ्ग बनाउने र परिवारलाई चाहिने सन्तुलित आहार तयार गर्न सजिलो हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो