पोखरा । सुजल डेरी प्रा.लि.को उत्पादन ‘सफल दही’ ले विगत १८ वर्षदेखि पोखरा र आसपासका क्षेत्रमा लोकप्रियता कायम गर्दै आएको जनाएकाे छ ।
पछिल्ला वर्षहरुमा ‘सफल दही, एकदम सही’ उद्घाेषका साथ आक्रामक बजार लिएकाे याे दही गाई तथा भैँसीको शुद्ध र ताजा दूधलाई उच्च कोटिको प्रविधिद्वारा प्रोसेसिङ गरी गुणस्तरीय ल्याक्टिक कल्चर प्रयोग गरिएको बाक्लो र मलायादार दही रहेकाे कम्पनीकाे भनाई छ ।
कम्पनीले भनेकाे छ– ‘व्यस्त दैनिकी र हरेक पलको भाग-दौड बीच आजको आधुनिक परिवारलाई चाहिन्छ सन्तुलित र पोषणयुक्त आहार — त्यो पनि सजिलो र छिटो। त्यसैले त तपाईं र तपाईंको परिवारको सन्तुलित आहारको लागि स्वाद, स्वास्थ्य र सन्तुष्टिले भरिएको सफल दही, एकदम सहि छ।
खाँदा मीठो र स्वास्थ्यको लागि फाइदाजनक रहेको कारण परिवारको नियमित खानामा सफल दही प्रयोग गर्दै आएको कम्पनीले जनाएको छ । सफल दही स्वास्थ्यका लागि अत्यावश्यक गुणहरूले भरिपूर्ण भएकाले हुर्किँदै गरेको बालबालिकादेखि युवा, वयस्क र वृद्ध वृद्धालाई समेत गुणकारी भएको कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार यसमा भएको क्याल्सियमले हड्डी बलियो बनाउनका साथै प्रोटिनले शारीरिक तन्दुरुस्ती ल्याउँछ भने भिटामिनले रोग प्रतिरोधात्मक क्षमता बढाउने उसकाे भनाइ छ ।
सन्तुलित खाना सबैको आवश्यकता भए पनि आजको व्यस्त दैनिकीले घर-घरका गृहिणीहरूका लागि सन्तुलित भोजनको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । यस्तो समयमा दैनिक खानासँगै सफल दही पनि मिसाउन सके सजिलै सबै परिवारको लागि पोषण युक्त र सन्तुलित आहार तयार गर्न सजिलो बनाउने हेतुले यो क्याम्पेन ल्याइएको कम्पनीले प्रस्ट पारेको छ ।
विभिन्न चाडबाडमा अत्यावश्यक परिकारमध्येको एक दही हाम्रो समाजको अभिन्न अङ्गको रूपमा रही आएको छ । आइएसओ २२०००:२०१८ मापदण्ड प्राप्त यो कम्पनीले आफ्ना विभिन्न उत्पादनहरू मार्फत निरन्तर सेवा दिँदै आइरहेको छ। बदलिएको परिवेशमा आधुनिक परिवारको आवश्यकतालाई हेरी दहीलाई नियमित भान्साको अभिन्न अङ्ग बनाउने र परिवारलाई चाहिने सन्तुलित आहार तयार गर्न सजिलो हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?