नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सत्ता संकटमा परेको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री प्रचण्डको सत्ता टिकाउने अभियान धरासयी बनेको टिप्पणी गरेका हुन् । प्रचण्डलाई संकट परेको बेलामा मात्रै नेकपा व्युँताउने कुरा उठाउने गरेको उनको आरोप छ ।
‘प्रधानमन्त्री ज्यूको अभिव्यक्तिलाई विश्लेषण गर्ने हो भने उहाँले पछिल्लो समय जस्तोसुकै हर्कत गरेर, राष्ट्रियता बेचेर, अन्तराष्ट्रिय शक्तिहरुसँग साठगाँठ गरेर, नेपालमा एमालेलाई एक्लो बनाएर सत्ता टिकाउने उहाँको अभियान थियो । त्यो अभियान धरासयी बन्दैछ भन्ने देखिन्छ । समाजवादी केन्द्र बनाउने र नेकपा व्युँताउने भन्ने कुरा जब उहाँलाई अप्ठ्यारो पर्छ, त्यतिखेर टेकोको रुपमा, साहराको रुपमा नेपाल कम्युनिष्ट पार्टीको एकीकृत अभियान चलाउँछु भन्नुहुन्छ,’– नेता बस्नेतले भने ।
प्रधानमन्त्री प्रचण्डले जस्तोसुकै सत्ता संकटमा परेपनि म भ्रष्टाचारीलाई छोड्दिन भन्ने अभिव्यक्ति दिनुको कुनै औचित्य नरहेको उनको भनाई छ । साथै, सत्ताधारी दलबीच बजेट संशोधनको सहमति बनेको उनले दाबी गरे । संसदीय अभ्यासमा सत्ता पक्षका दलहरुबीच बजेट संशोधनका लागि भएको सहमति यो पहिलो भएको र यसबाट नै प्रधानमन्त्री प्रचण्ड सत्ता बचाउनका लागि जस्तोसुकै हर्कत गर्न तयार छन् भन्ने प्रष्ट भएको उनले बताए ।
‘हिजोमात्रै सत्ताधारी दलहरुका बीचमा बजेटलाई संशोधन गर्ने सहमति भयो । मलाई लाग्छ, संसदीय व्यवस्थामा बजेट संशोधन गर्ने भनेर सत्ता पक्षले सहमती गरेको पहिलो चोटी हो । यसबाट के बुभिन्छ भने प्रचण्डको सत्ता साझेदार दलभित्र गम्भीर संकट उत्पन्न भएको छ । प्रचण्डजीका सारा अभियानहरु फेल हुँदैछ । प्रचण्डलाई सत्ता साझेदार दलहरुले लात हान्दैछन् भन्ने कुराको संकेत उहाँले पाउनु भयो र यो अभिव्यक्ति हरु छट्पटाहटको रुपमा आएको छ,’– नेता बस्नेतले भने ।
प्रधानमन्त्री प्रचण्डजीकै महत्वकांक्षका कारण नेकपा विघटन भएको उनको आरोप छ । प्रचण्डले कहिले कांग्रेस देखाएर एमाले तर्साउने र कहिले एमाले देखाएर कांग्रेस तर्साउने काम गरिरहेको नेता बस्नेतको दाबी छ । यस्तो अवस्थामा नेकपा बनाएर एमालेले फेरि गल्ती नदो¥याउने उनले बताए ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’