पोखराको न्यूरोडमा जडित सडक बत्तीको परीक्षण, यस्तो देखियो [भिडियो]

झलमल्ल न्यूराेड

पोखराको न्यूरोडमा जडित सडक बत्तीको परीक्षण, यस्तो देखियो [भिडियो]

केही दिनमै नियमित

Newroad

पोखराको न्यूरोडमा जडान गरिएको सडक बत्तीकाे परीक्षण गरिएकाे छ । महानगरकाे ‘उज्यालो पोखरा’ अभियान अन्तरगत विभिन्न क्षेत्रहरूमा  १९ सय बढी स्मार्ट बत्तीहरू जडान गरिएकाे छ । पाेखराकाे न्यूराेड खण्डमा पनि सडककाे बीच भागमा जडित बत्ती परीक्षण गरिएको हो ।

यस सडकमा निर्माण गरिएको डिभाइडरमा रङ रोगनको काम अन्तिम चरणमा पुगेकाले अब केही दिनभित्रै बत्तीहरू नियमित बालिने महानगर प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार सोमबारदेखि डिभाइडरमा एक्सोरा प्रजातिको फूलका बिरुवाहरू रोप्न थालिएको छ ।

महानगरलाई सुरक्षित र चाैबिसै घण्टा उज्यालो शहरका रूपमा विकास गर्ने गरी नेपाल विद्युत प्राधिकरणको सहकार्य तथा साझेदारीमा थालिएको स्मार्ट बत्तीहरू जडानको कार्य अन्तिम चरणमा पुगेको छ । सेन्सर सहितका यी बत्तीहरूको कन्ट्रोलिङ भने प्राधिकरणको केन्द्रीय प्रणालीले गर्ने महानगरले जनाएकाे छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds