पोखरा । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले चुनावमा मिलेका शक्तिले धोका दिने गरेकाले एमाले अब कसैको वैशाखी बन्न नहुने बताएका छन् । उनले आगामी चुनावदेखि कसैसँग गठबन्धन नगर्न पार्टी नेतृत्वलाई आग्रह गरे ।
राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगर कमिटीको प्रथम पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै युवा संघका पूर्वाध्यक्षसमेत रहेका बस्नेतले भने, ‘पार्टी नेतृत्वलाई भन्न चाहन्छु – एमाले एक्लै चुनावमा जानुपर्छ । एमाले वैशाखी बनेर माओवादी, राप्रपालाई बोक्नु हुँदैन । यिनीहरुको संगतले एमालेका मान्छे पनि बिग्रिएका छन् ।’
सुशासन दिन नसक्नुको मुख्य कारण कुनै पनि राजनीतिक दल राष्ट्रिय शक्तिका रुपमा स्थापित हुन नसक्नु भएको पूर्वमन्त्रीसमेत रहेका बस्नेतले दाबी गरे । राप्रपाले राजतन्त्रको प्रेतआत्मा बोकेको र राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै भिजन नभएकाले ती पार्टीबाट देश विकास सम्भव नरहेको उनको जिकिर थियो ।
युवा संघका उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र)ले उत्कृष्ट महानगर कमिटी बन्ने गरी टोलटोलमा सक्रिय हुन महानगर कमिटीमा आबद्धलाई निर्देशन दिए । संगठनले वेटर, फायर फाइटिङ, मुआथाइलगायत ७ प्रकारका तालिम दिने तयारी गरिरहेकाले त्यसमा संगठनमा आबद्ध नरहेकालाई पनि सक्रिय सहभागी गर्न–गराउन उनले आग्रह गरे । जानकारी नदिई लगातार ४ वटा बैठकमा नआउनेलाई संगठनबाट हटाउन उनले अर्को निर्देशन दिए ।

युवा संघ सचिव एवं पोखरा महानगरपालिकामा ‘उत्प्रेरक’ तोकिएकी अनिता कन्दङ्वाले अबको निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्ति बनाउने गरी युवाहरु लाग्न आवश्यक रहेको बताइन् । संगठनले आफूलाई पोखराका टोलटोलमा खटाएकाले आफू दुई महिनासम्म पोखरा महानगरका ३३ वटै वडामा संगठन विस्तारमा खटिने उनले सुनाइन् ।
संगठनका पोखरा महानगर कमिटी अध्यक्ष प्रदीप गुरुङले आफू नेतृत्वको नयाँ टिमले युवा र देशको हितका लागि सक्दो राम्रा कार्यक्रम ल्याउने बताए । उनले बैठकमा राखेको नयाँ सदस्य थप गर्ने, केन्द्रको निर्देशन पालना गर्ने र संगठन विस्तारको प्रस्ताव बैठकबाट सर्वसम्मतिले पास भएको छ ।
बैठकले महानगरका वडा तहसम्म कमिटी गठन गर्ने सहमति पनि जुटाएको सचिव आविष्कार तिमिल्सिनाले बताए । कुन वडामा कहिले समिति गठन गर्ने भन्ने पदाधिकारी र महानगर कमिटी सदस्यसँग बसेर शनिबारसम्म टुंगो लगाइने उनले जानकारी दिए ।
बैठकमा पार्टी केन्द्रीय सदस्य एवं युवा संघका पूर्वाध्यक्ष राजीव पहारी, एमाले महानगर कमिटी अध्यक्ष दिलिप न्यौपाने, युवा संघका केन्द्रीय उपाध्यक्ष रमेश तिवारी, केन्द्रीय सदस्य सुवास सापकोटा, गण्डकी प्रदेश संयोजक विकास अधिकारीलगायत उपस्थित थिए ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान