पोखराको फोहोर फेरि अस्थायी ल्यान्डफीलमै फाल्न थालियाे

फाेहाेर सकस

पोखराको फोहोर फेरि अस्थायी ल्यान्डफीलमै फाल्न थालियाे

स्थानीयकाे असन्तुष्टि कायमै

pokhara landfil

पोखराको फोहोर अस्थायी ल्यान्डफील पोखरा वडा नं. ३२ लामेआहाल मै बिसर्जन गर्न थालिएको छ । विगत १३ दिनदेखि स्थानीयले अवरोध गरेपछि फोहोर ल्यान्डफिल पुग्न सकेको थिएन् । आज बिहानैबाट ३० गाडी फोहोर ल्यान्डफील पुगेको पोखरा महानगरले जनाएकाे छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले लामेआहालमै फोहोर फाल्ने निर्णय गरेको थियो । स्थानीयले अवरोध गर्नसक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी परिचालन गरिएपनि विना अवरोध फोहोर विसर्जन भएकाे प्रेस संयाेजक भीम थापाले बताए ।

१६ बुँदे प्रतिवद्धता अक्षरशः पालना गर्न महानगरले प्रतिबद्धता जनाएकाे छ । स्थानीय केहीले फोहोर फाल्न रोक लगाउन अन्तरिम आदेशको माग गरी उच्च अदालत पोखरामा मुद्दा दर्ता गरेकोमा अदालतले आइतबार अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेको थियो ।

महानगरले विवादकैबीच फाेहाेर पुनः फाल्न लगेकाेमा स्थानीयले असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds