पोखरा । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी असोज ६ र ७ गते हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन गर्न लागेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।
विगतका वर्षमा दुई वटासम्म विषयमा एनजी आउँदा ती विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यही वर्ष दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो ।
यस वर्षदेखि उक्त व्यवस्था परिमार्जन गरी जति वटा विषयमा एनजी आएको हो त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको उनको भनाइ छ ।
यस वर्षको नतिजाअनुसार १ लाख २३ हजार तीन सय ९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने अध्यक्ष शर्माले बताए । जसमध्ये एक विषयमा मात्र एनजी आउने ७९ हजार पाँच सय ८४ विद्यार्थी छन् ।
लेटर ग्रेडिङ निर्देशिकाअनुसार कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ननग्रेड (एनजी) हुन्छन् । यसवर्षको परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजीमा एक लाख ९ हजार पाँच सय २७ जना ननग्रेडेड भएका छन् । ग्रेडिङ प्रणालीमा पास–फेल छ भने पनि एनजी आएकाहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी नभई उच्च शिक्षा अर्थात् माथिल्लो कक्षा अध्ययन गर्न पाउने छैनन् ।
नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय पाँच सय रुपैयाँ तिरेर नतिजा पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ ।

सम्बन्धित खबर
रवि लामिछानेले अब कास्की अदालतमा तारेख धाउन नपर्ने
झापामा देखियाे ‘बर्ड फ्लु’काे प्रकोप, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक
बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
०४६ पछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन हुनुपर्छ, यो काम रास्वपा सरकारले गरोस्: गगन
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’