पोखरा । पोखरा नदिपुरस्थित प्रतिभा माविका विद्यार्थी शनिबार महतगौंडा स्थित पोखरा वृद्धाश्रम पुगे । हजुरबुवा हजुरआमालाई नचाए । र, आफ्नो खाजा खर्च कटाएर बचत भएको रकमले किनेका सामाग्री हस्तान्तरण गरे । सन्तुष्ट मन लिएर फर्किए ।
विद्यालयमा गठित क्रियटिभ माइण्डस् क्लबका विद्यार्थीले मानवीय सेवाको कार्य गरी पुण्य मिलेको महसुस गरेका छन् । क्लबका अध्यक्ष सिद्धान्त खनालका अनुसार विद्यार्थीहरुले बचत गरेको ७० हजार रुपैंया बराबरको फलफूल, खाद्यान्न, कपडा लगायतका आवश्यक सामाग्री किनेर वृद्धाश्रमलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थी केन्द्रित गतिविधि गर्दै आइरहेको क्लबले सामाजिक भावले ओतप्रोत भई आज ज्येष्ठ नागरिक भइसक्नुभएका आमाबाबाको लागि सहयोग गर्ने भावना जागृत भएको देख्दा अत्यन्त हर्षविभोर बनेको बताए । विद्यालयले संस्थागत रुपमै अबका वर्षदेखि वार्षिक २५ हजार रुपैंया वृद्धाश्रममा प्रदान गर्ने घोषणासमेत प्राचार्य सापकोटाले गरे ।

विद्यार्थीहरुले बृद्धा बाआमासँग आशिर्वाद लिँदै मनोरञ्जन समेत आदान प्रदान गरे । गीतमा बृद्ध बाबाआमा र विद्यार्थीहरु एकसाथ नाचेर खुशी बाँडेका थिए ।

वृद्धाश्रमका सञ्चालक सदस्य धर्मराज रेग्मीले वृद्धाश्रमका बारेमा विद्यार्थीहरुलाई अवगत पनि गराए । हाल वृद्धाश्रममा २६ जना आमाहरु र २२ जना बुवाहरु आश्रित रहेको उनले जनाए ।
क्रियटिभ माइण्डस् क्लब, प्रतिभा माविले गण्डकी प्रदेश स्तरीय साइन्स क्वीज, वक्तृत्वकला प्रतियोगिता, ट्राफिक सचेतना लगायतका अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन गरिसकेको छ ।



सम्बन्धित खबर
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’