पोखरा नदिपुरस्थित प्रतिभा माविमा वक्तृत्वकला प्रतियोगितामा आयोजना गरिएको छ। विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीले नेपाली र अंग्रेजी भाषामा वक्तृत्वकला प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए।
विद्यालयका प्राचार्य किरण सापकोटाका अनुुसार नेपाली विषयमा ‘वैदेशिक रोजगारः चुनौती र अवसर’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता विद्यार्थीले प्रतिश्पर्धा गरेका थिए। त्यसैगरी, अंग्रेजी भाषामा गरिएको प्रतियोगितामा ‘२१ औं शताब्दीमा साइबर क्राइम’ विषयमा प्रतिश्पर्धा भएको थियो।
नेपाली भाषाको वक्तृत्वकलाका निर्णायकहरुमा डा. पुण्यप्रसाद शर्मा, बोधराज ढकाल, राधाकृष्ण गैह्े्र थिए। त्यस्तै अंग्रेजीतर्फको निर्णायकमा यादव सुवेदी, आकाश सुवेदी र अजय पौडेल थिए।
नेपाली भाषातर्फको प्रतिश्पर्धामा दिपाली भट्टराई, प्रकृति सुवेदी र पूर्णिमा पौडेलले क्रमशः प्रथम, द्वितीय र तृतिय भएका थिए। अंग्रेजीतर्फको प्रतिश्पर्धामा महिमा विक प्रथम, कविन्द्र आचार्य द्वितीय र आयान इकवाल तेश्रो भएका थिए।
विद्यार्थीमा भएको आन्तरिक क्षमता बाहिर ल्याउनका लागि प्रतिश्पर्धा गरिएको प्राचार्य सापकोटाले बताए। अतिरिक्त क्रियाकलाप प्रतियोगिता अन्तर्गत वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको उनले बताए।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ