पोखरा नदिपुरस्थित प्रतिभा माविमा वक्तृत्वकला प्रतियोगितामा आयोजना गरिएको छ। विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीले नेपाली र अंग्रेजी भाषामा वक्तृत्वकला प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए।
विद्यालयका प्राचार्य किरण सापकोटाका अनुुसार नेपाली विषयमा ‘वैदेशिक रोजगारः चुनौती र अवसर’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता विद्यार्थीले प्रतिश्पर्धा गरेका थिए। त्यसैगरी, अंग्रेजी भाषामा गरिएको प्रतियोगितामा ‘२१ औं शताब्दीमा साइबर क्राइम’ विषयमा प्रतिश्पर्धा भएको थियो।
नेपाली भाषाको वक्तृत्वकलाका निर्णायकहरुमा डा. पुण्यप्रसाद शर्मा, बोधराज ढकाल, राधाकृष्ण गैह्े्र थिए। त्यस्तै अंग्रेजीतर्फको निर्णायकमा यादव सुवेदी, आकाश सुवेदी र अजय पौडेल थिए।
नेपाली भाषातर्फको प्रतिश्पर्धामा दिपाली भट्टराई, प्रकृति सुवेदी र पूर्णिमा पौडेलले क्रमशः प्रथम, द्वितीय र तृतिय भएका थिए। अंग्रेजीतर्फको प्रतिश्पर्धामा महिमा विक प्रथम, कविन्द्र आचार्य द्वितीय र आयान इकवाल तेश्रो भएका थिए।
विद्यार्थीमा भएको आन्तरिक क्षमता बाहिर ल्याउनका लागि प्रतिश्पर्धा गरिएको प्राचार्य सापकोटाले बताए। अतिरिक्त क्रियाकलाप प्रतियोगिता अन्तर्गत वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको उनले बताए।

सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला