विराटनगर । मोरङमा १३ वर्षीया बालिकाले बच्चा जन्माएकी छन्। एक बालकसँगको शारीरिक सम्पर्कबाट ८ महिनाअघि गर्भवती बनेकी बालिकाले छोरालाई जन्म दिएकी हुन्।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले विराटनगरकै सुविधा सम्पन्न अस्पतालमा ‘नर्मल डेलिभरी’ (सामान्य प्रसूति) मार्फत बालिकाले शिशु जन्माएको जानकारी दिए। उनका अनुसार बालिकाले पेट दुखेको महसुस गरेपछि अभिभावकले चेकजाँचका लागि भदौ १२ गते मंगलबार अस्पताल भर्ना गरेको पाइएको छ। परीक्षण गराउँदा गर्भ रहेको पत्ता लागेको थियो। बालिकाले बुधबार बिहान २.७ किलोग्रामको बच्चा जन्माएको दाहालले बताए।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गत पुसमा १६ वर्षीय बालकसँग बालिकाको शारीरिक सम्पर्क भएको खुलेको छ। बालिकालाई गर्भवती बनाउने बालकलाई नियन्त्रणमा लिएर ‘बाल निगरानी कक्ष’मा राखी घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि बालकविरुद्ध बालबालिका सम्बन्धित ऐन २०७५ अनुसार बाजबिच्जाइँअन्तर्गतको जबरजस्ती करणी मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डीएसपी दाहालले दिए।
१८ वर्ष मुनिका बालिकासँग सहमतिमै शारीरिक सम्पर्क भए पनि कानुनले त्यसलाई बलात्कार (जबरजस्ती करणी) मानेको छ। बलात्कारमा बालक नै संलग्न रहेको पाइएपछि प्रहरीले घटनालाई अनौठो एवं संवेदनशील मानेर अनुसन्धान अघि बढाएको हो।
पीडित र पीडक दुवैको पहिचान गोप्य राखेर प्रहरीले डीएनए परीक्षणको तयारी पनि गरेको छ। आमा तथा बच्चा दुवैको अवस्था सामान्य रहेको र अस्पतालले डिस्चार्ज दिइसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिका र उनले जन्माएको शिशुलाई संरक्षण गृहमा राखिएको छ।
डीएसपी दाहालका अनुसार लामो समयदेखि बालिकाको महिनावारी रोकिएको र उनी गर्भवती भएको कुरा थाहा नभएको अभिभावकले बताएका छन्। ‘एक्कासि पेट दुखेको महसुस गरेपछि अस्पताल लगेको पाइयो,’ उनले भने, ‘परीक्षण गराउँदा मात्रै गर्भ रहेको कुरा खुलेको जानकारी अभिभावकले गराएका छन्।’
सम्बन्धित खबर
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव– निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नू
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ