डाक्टर कुटपिट प्रकरण : हेटौँडाका सबै स्वास्थ्य संस्था बन्द

डाक्टर कुटपिट प्रकरण : हेटौँडाका सबै स्वास्थ्य संस्था बन्द

सामूहिक राजीनामाकाे चेतावनी

Hetauda-Hospital

हेटौंडा । आकस्मिक बाहेकका हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले सबै सेवाहरू बन्द गरेका छन् ।

गत बुधबार हेटौंडा उपमहानगरपलिका– १ मा रहेको सन्चो अस्पतालमा कार्यरत दुई जना डाक्टर माथि अस्पताल भित्रै भएको कुटपिटको विरोधमा कारवाहीको माग गर्दै हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

चिकित्सकरूले दोषीमाथि कारबाही नभए सामूहिक राजीनामा दिने चेतावनीसमेत दिएका छन् ।

गत महिना डेंगु रोगबाट सङ्क्रमित हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरवाही गरेको भन्दै उनका आफन्तहरुले गत बुधबार डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए ।

सञ्चो अस्पतालमा उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेजमा सिफारिस गरिएको थियो । त्यहाँ मेडिकल कलेजमा डेंगी सङ्क्रमित प्रधानको उपचारका क्रममा मृत्यु भएको थियो ।

कुटपिटमा संलग्न प्रधानकी श्रीमती र छोरीसहित अन्य दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds