डडेल्धुरामा महिलामाथि सामूहिक बलात्कार गर्ने चारजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। भागेश्वर गाउँपालिकाकी २० वर्षीया विवाहित महिलालाई सामूहिक बलात्कार गर्ने चार युवालाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
महिलालाई सामूहिक रूपमा जबरजस्ती गर्ने चारैजनाले प्रारम्भिक रूपमा बलात्कार गरेको स्विकारेपछि पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए।
प्रहरीले भागेश्वर गाउँपालिका–३ ओडगाउँका २३ वर्षीय कमल ओड, १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओडलाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार प्रकाश र दीपक अविवाहित हुन्। उनीहरूले गत वैशाख महिनामा विवाहित ती महिलालाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको डीएसपी कार्कीले बताए। उनका अनुसार ती महिलाको पेटमा पाँच महिनाको गर्भ रहेपछि घटना बाहिरिएको हो।
‘केही महिनादेखि पेट दुख्यो भनेपछि परिवारका सदस्यले ती महिलालाई ३० भदौमा भागेश्वर गाउँपालिका–३ मा आयोजित स्वास्थ्य शिविरमा पठाएका रहेछन्। त्यहाँ शिविरमा उनको भिडिओ एक्सरे गर्दा ५ महिनाको गर्भ रहेको देखाएपछि घटना बाहिर आयो’, डीएसपी कार्कीले भने, ‘बलात्कारपछि महिलाको पेटमा गर्भ बसेका कारण मात्रै घटना सार्वजनिक भएको हो।’
ती महिलाका श्रीमान् डेढ वर्षदेखि भारत थिए। पीडित महिला एक छोरीकी आमा हुन्। स्थानीय नानीगाड खोलामा वैशाख ५ गते र वैशाख १२ गते गोठमा बेलुकीको समयमा गरी दुईपटक ती महिलालाई सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डीएसपी कार्कीले जानकारी दिए।
‘२० वर्षीया युवतीको पहिलोपटक वैशाख ५ गते स्थानीय नानीगाड र १२ गते बाँझोगोठमा सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ बिहीबार आरोपितलाई सार्वजनिक गर्दै डिएसपी कार्कीले भने, ‘५ गते बलात्कार हुँदा चारजना र त्यसपछि दुईजना संलग्न भएको खुलेको छ। बयानका क्रममा आरोपितले पनि स्वीकार गरिसकेको अवस्था हो।’
उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूलाई चिन्छु, एउटा केटाको हात र घाँटीमा ट्याटु रहेको छ भनी पीडित महिलाले भदौ ३० गते प्रहरीचौकी लामिकाण्डेमा मौखिक जानकारी गराएकी थिइन्।
‘प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न व्यक्तिहरू सबैको पहिचान भएपछि असोज २ गते पीडितका ससुराले प्रहरीमा किटानी जाहेरी दिनुभयो’, डीएसपी कार्कीले भने, ‘सोही दिन हामीले चारैजनालाई पक्राउ गरेर जिल्ला ल्यायौँ।’
‘श्रीमान् कामका लागि भारत गएको र परिवारका सदस्यलाई आफूमाथि बलात्कार भयो भनेर युवतीले बताउन नसकेको अवस्था देखियो,’ उनले भने, ‘चारजनालाई पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेका छौँ।’
सम्बन्धित खबर
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?