लमजुङको बेंसीसहरमा रोकेर राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु भएको छ । झापाको गौरादह–५, बालुवाथान घर भई हाल बेंसीसहर–३, रानीकुवा बस्दै आएका २५ वर्षीय मनिष श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठ सवार ना ४७ प ६४६९ नम्बरको मोटरसाइकल बेंसीसहर गैरीधारा नजिकै सडकमा रोकेर राखेको ग १ त ३८४२ नम्बरको ट्याक्टरमा राति साढे ११ बजेतिर ठोक्किएको थियो । त्यसपछि सख्त घाइते श्रेष्ठलाई उपचारको लागि लमजुङ अस्पतालमा लगिएकोमा उपचारका क्रममै मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।
श्रेष्ठको टाउको लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । मध्यरात १२ बजेतिर डाक्टरले मृत घोषणा गरेको थियो । उनी कामको सिलसिलामा बाबु आमा सँग लमजुङ आएपनि पछिल्लो समय आफनो दिदिसँग बेसीशहर नपा– ८ शेरामा कोठा भाडामा बस्दै आएका थिए ।
प्रहरीका अनुसार मोटरसाइकलमा श्रेष्ठ एक्लै सवार रहेको बुझिएको छ । रातको समयमा तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर ट्याक्टरमा ठोक्किन पुगेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । श्रेष्ठको शव पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?