पोखरा । अध्ययन वा अन्य कुनै बहानामा विदेशीन बाध्य यस्तै युवाको विषयबस्तुलाई कथामा उनेर बनेको फिल्म ‘परदेशी–२’ प्रदर्शनमा ल्याउने तयारी छ । असोज २६ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको केहीदिन अघि गीत सार्वजनिक गरिएको थियो ।
फिल्म प्रदर्शनको दिन नजिकिँदै जाँदा यसका कलाकार र निर्माता फिल्मको प्रचारमा जुटेका छन् । नेपालगञ्ज, बुटवल हुँदै प्रचार टिम पोखरा आइपुगेको छ ।
गायक प्रकाश सपुत यही फिल्मबाट नायकको रुपमा देखिँदैछन् । त्यसबाहेक केकी अधिकारी पनि फिल्ममा छिन् । नारायण रायमाझी निर्देशित यो फिल्मको अधिकांश दृष्य पोखरा आसपासमा केन्द्रीत रहेको छ । फिल्मले विदेशीएका युवाको कथाबस्तुलाई बोकेको रायमाझी बताउँछन् ।
‘अहिले १२ कक्षा पास गर्नासाथ विदेश जाने धेरै छन्। यो फिल्मको कथा तिनै विदेश जाने युवामा केन्द्रीत छ,’ फिल्म प्रचारको क्रममा विहीबार पोखराको प्रतिभा माविमा आयोजित कार्यक्रममा रायमाझीले भने, ‘पोखराको कलेजबाटै यो फिल्मको कथाको छायांकन सुरु भएको छ।’ परदेशीको त्यही कथा सुनाउन आफु पोखरा आएको पनि रायमाझीले बताए। प्रचारको क्रममा विद्यालयमा परदेशी–२ को कथामा आधारित रहेर नाटक पनि प्रदर्शन गरिएको थियो।
फिल्मको प्रचार गर्दै हिडेकी नायिक केकी अधिकारीले झन्डै २ महिने छायांकन अवधिमा पोखरा सहरको गल्लीगल्लीमा छिरेकोले पोखरासँग फिल्मको विशेष साइनो रहेको समेत बताईन। नायक प्रकाश सपुतले पोखरामा प्रचारप्रसारको सुरुवात प्रतिभा माविबाट भएको बताए। पोखराका अरु विद्यालयमा पनि यस्तै प्रचारात्मक कार्यक्रम गर्ने उनले बताए।
प्रतिभा माविका प्राचार्य किरण सापकोटाले पनि युवापुस्ताको विदेश मोहले गर्दा अहिले सबैतिर निराशा छाउन थालेको बताए। उनले परदेशीएका छोराछोरीको कथा अहिलेको परिस्थितिसँग मेल खाने पनि बताए। प्रचारप्रसारको त्यही अवसरमा फिल्मका कलाकारहरुले विद्यालयमा मनोरञ्जनात्मक गतिविधि पनि गरेका थिए।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?