पोखरा । अध्ययन वा अन्य कुनै बहानामा विदेशीन बाध्य यस्तै युवाको विषयबस्तुलाई कथामा उनेर बनेको फिल्म ‘परदेशी–२’ प्रदर्शनमा ल्याउने तयारी छ । असोज २६ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको केहीदिन अघि गीत सार्वजनिक गरिएको थियो ।
फिल्म प्रदर्शनको दिन नजिकिँदै जाँदा यसका कलाकार र निर्माता फिल्मको प्रचारमा जुटेका छन् । नेपालगञ्ज, बुटवल हुँदै प्रचार टिम पोखरा आइपुगेको छ ।
गायक प्रकाश सपुत यही फिल्मबाट नायकको रुपमा देखिँदैछन् । त्यसबाहेक केकी अधिकारी पनि फिल्ममा छिन् । नारायण रायमाझी निर्देशित यो फिल्मको अधिकांश दृष्य पोखरा आसपासमा केन्द्रीत रहेको छ । फिल्मले विदेशीएका युवाको कथाबस्तुलाई बोकेको रायमाझी बताउँछन् ।
‘अहिले १२ कक्षा पास गर्नासाथ विदेश जाने धेरै छन्। यो फिल्मको कथा तिनै विदेश जाने युवामा केन्द्रीत छ,’ फिल्म प्रचारको क्रममा विहीबार पोखराको प्रतिभा माविमा आयोजित कार्यक्रममा रायमाझीले भने, ‘पोखराको कलेजबाटै यो फिल्मको कथाको छायांकन सुरु भएको छ।’ परदेशीको त्यही कथा सुनाउन आफु पोखरा आएको पनि रायमाझीले बताए। प्रचारको क्रममा विद्यालयमा परदेशी–२ को कथामा आधारित रहेर नाटक पनि प्रदर्शन गरिएको थियो।
फिल्मको प्रचार गर्दै हिडेकी नायिक केकी अधिकारीले झन्डै २ महिने छायांकन अवधिमा पोखरा सहरको गल्लीगल्लीमा छिरेकोले पोखरासँग फिल्मको विशेष साइनो रहेको समेत बताईन। नायक प्रकाश सपुतले पोखरामा प्रचारप्रसारको सुरुवात प्रतिभा माविबाट भएको बताए। पोखराका अरु विद्यालयमा पनि यस्तै प्रचारात्मक कार्यक्रम गर्ने उनले बताए।
प्रतिभा माविका प्राचार्य किरण सापकोटाले पनि युवापुस्ताको विदेश मोहले गर्दा अहिले सबैतिर निराशा छाउन थालेको बताए। उनले परदेशीएका छोराछोरीको कथा अहिलेको परिस्थितिसँग मेल खाने पनि बताए। प्रचारप्रसारको त्यही अवसरमा फिल्मका कलाकारहरुले विद्यालयमा मनोरञ्जनात्मक गतिविधि पनि गरेका थिए।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर