स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा रहेको दरौँ माध्यमिक विद्यालयका विद्यार्थीमा स्क्रब टाइफस रोग देखापरेसँगै विद्यालय बन्द गरिएको छ ।
विद्यार्थीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद पौडेलले बताए ।
“विद्यालयमा अध्ययनरत करिब आधा विद्यार्थी तथा शिक्षकमा उच्च ज्वरो आउने, बान्ता हुने, श्वासप्रश्वासमा समस्या देखिएपछि विहीबार र शुक्रबार विद्यालय बन्द गरेका हौँ”, उनले भने, “विद्यार्थीमा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि जिल्ला अस्पताल स्याङ्जामा गरिएको परीक्षणमा स्क्रब टाइफस भएको पुष्टि भएको हो ।”
सामान्य विद्यार्थीको स्थानीय स्वास्थ्यचौकीमा उपचार गरिएको र उच्च ज्वरो आएका विद्यार्थीको जिल्ला अस्पताल स्याङ्जामा उपचारका लागि पठाइएको उनले बताए । जिल्ला अस्पताल स्याङ्जामा बुधबार पठाइएका बिरामीमध्ये एक जनामा स्क्रब टाइफस पुष्टि भएको अर्जुनचौपारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरकुमार केसीले बताए ।
बिरामी विद्यार्थीको परीक्षण गर्दा एक जनामा स्क्रब टाइफस देखिएपछि स्वास्थ्य कार्यालय स्याङ्जाबाट आएको टिम उक्त विद्यालयमा पुगेको थियो । विद्यालयमा पुगेको टोलीले १२ जना विद्यार्थीको कीटबाट परीक्षण गरेको थियो जसमध्ये कुनै पनि विद्यार्थीमा स्क्रब टाइफसको लक्षण नदेखिएको उनले बताए ।
सम्बन्धित खबर
गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन
स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
बिरुवामा १६ सय विद्यार्थीको साधारण स्वास्थ्य सेवा निःशुल्क
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो