स्याङ्जाको गल्याङ नगरपालिकास्थित गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सुरु गरिएको छ । नगरवासीलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ बनाउने उद्देश्यका साथ अस्पतालमै नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो ।
‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारालाई आधार मानेर आयुर्वेद उपचारलाई स्थानीय तहसम्म पुर्याउने लक्ष्यका साथ केन्द्र सुरु गरिएको नागरिक आरोग्य सेवा केन्द्र गल्याङका बैद्य वीरबहादुर बोहराले जानकारी दिए । उनका अनुसार जीवनशैलीसँग जोडिएका नसर्ने रोगको बढ्दो जोखिमलाई कम गर्न योग, ध्यान र आधारभूत आयुर्वेद सेवामा केन्द्रित गरिनेछ ।
आरोग्य केन्द्रमार्फत विद्यालय, आमा समूह, महिला स्वयंसेविका र युवा क्लबसँग सहकार्य गरी समुदायस्तरमै योग र ध्यान अभ्यास गराइने योजना रहेको वैद्य बोहराले बताए । यसले सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
केन्द्रबाट आयुर्वेद उपचारसम्बन्धी न्यूनतम मापदण्डअनुसारका सेवा उपलब्ध हुनेछन् । पूर्वकर्म, पञ्चकर्म, बाष्प विधि, रुघाखोकी उपचार तथा स्वस्थ जीवनशैलीबारे परामर्शसमेत प्रदान गरिने जनाइएको छ ।
नगर अस्पतालमै नागरिक आरोग्य सेवा सुरु भएसँगै अब गल्याङ क्षेत्रका नागरिकलाई आयुर्वेद उपचार र परामर्शका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।
सम्बन्धित खबर
अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ
स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत
खोलामा डुबेर बेपत्ता भएका युवक मृत फेला
ग्यासमा कृत्रिम अभाव रोक्न स्याङ्जामा छड्के अनुगमन
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित