पोखरा । तेस्रो राष्ट्रिय कला प्रदर्शनीको समापनमा स्वर्गीय गंगा बहादुर हमालको तेस्रो कृति ‘तेस्रो लहर’ बिमोचन पोखरामा सम्पन्न भएको छ ।
बिमोचन ठकुरी युवा परिवार कास्कीको आयोजना र नगेन आर्ट एकेडेमीको सहकार्यमा पोखराको चिप्लेढुंगास्थित घामपानी मार्केटको नगेन आर्ट एकेडेमीको सभाहलमा कार्यक्रम भएको हो ।
नेकपा (एमाले)का स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले कार्यक्रममा ‘तेस्रो लहर’ बिमोचन गर्दै हाम्रा वरिपरिको प्रकृति नै साहित्य सिर्जना गर्न प्रेरित गर्ने खालको भएको बताए । उनले नेपाली भाषालाई एउटै सुत्रमा बाध्ने कार्य गरेको भानुभक्तलाई र नेपाल एकिकरण गर्ने राजा पृथ्विनारायणलाई स्मरण गरे ।
अधिकारीले सबै कविहरुलाई स्मरण गर्दै भाषा र नेपाल एकिकरण गर्नुहुनेप्रति कवि हमालले सम्मान गरेको बताउँदै कविको राजनीतिप्रति लगाव रहेको तर राजनीति सफा र जनसेवामा हुनु पर्ने हमालले कबिता मार्फत व्यक्त गरेको बताए ।

सृजनशील लोकतान्त्रिक प्रतिष्ठानको अध्यक्ष साहित्यकार विष्णु प्रसाद शर्माले स्वर्गीय गंगा बहादुर हमालको तेस्रो कृति ‘तेस्रो लहर’ को समिक्षा गरेका थिए । त्यस्तै, लघु कथा प्रतिष्ठानका अध्यक्ष साहित्यकार लक्ष्मण थापाले स्वर्गीय गंगा बहादुर हमालको जीवनीको बारेमा चर्चा गरे ।
पोखरा महानगरपालिका वडा नं. १७ का निर्वतमान अध्यक्ष तीर्थराज अधिकारी, ठकुरी संगम परिवार कास्कीका अध्यक्ष शेर बहादुर उचै, बाङ्सिङ पोखरा एकता परिवारका अध्यक्ष खडानन्द लामिछाने लगायतले हमाललाई स्मरण गर्दै उनको व्यक्तित्वको बारेमा बताएका थिए ।
ठकुरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमालको अध्यक्षतामा सम्पन्न ‘तेस्रो लहर’ बिमोचन कार्यक्रममा विश्वकला यात्री प्राज्ञ नगेन सिंहले स्वागत तथा सचिव मोहन शाहीले सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’